Covid-19
City Express

बाके जिल्लामा फेरि चमार बालकको आँखा फुटालेर हत्या , हत्यारालाई कारवाही गर्न चमार कल्याण समाजको जाडदार माग

बाके जिल्लाको दुदुवा नगरपालिका वडा न. ३ बकटावा गाउमा एक दलित बालकको आखा फुटालेर हत्या गरिएको छ।

जिल्ला प्रहरी कार्यलय बाकेका अनुसार स्थानिय विश्राम चमारको १२ बर्षिय छोरा सुनिल हरिजन चमारको गत सोमवार राति दुबै आखा फुटालेर स्थानिय खोला नजिकै शवलाई फालिएको अवस्थामा भेटिएको जनाएको छ।

प्रहरीले बालक हरिजनको हत्यारालाई खोजतलास गरिरहेको जनाएको छ। यता चमार कल्याण समाज नेपाल केन्द्रिय समतिले आफनो बाके जिल्लाका कार्यसमिति सदस्य राम सागर हरिजनको भतिजाको अज्ञात समुहले यसरी हत्या गरिनु र नेपाल प्रहरीले हत्यारालाई पहिचान गरि पक्राउ नगरेको प्रति घोर अपत्ति जनाएको छ।

समाजका केन्द्रिय संयोजक दिनेश चमारका अनुसार हरेक दिन नेपालमा खाली गैरदलितहरुद्धारा चमार समुदायहरुलाई मात्रै हत्या , जातिय बिभेद , छुवाछुतको सामना गर्नु परेको र अब आmनो समुदायका बालबालिकाहरु समेत असुरक्षित भएको भन्दै नेपाल भरि रहेका चमार समुदायहरुको सुरक्षाको ज्ञारेन्टी गर्न माग गरेका छन ।

उता चमार कल्याण समाज नेपालको प्रवास कमिटि मलेसियाका संयोजक नन्दलाल चमार , महासचिव रामकिसोर महरा , उपाध्यक्ष विनोद राम , कोषाध्यक्ष सुरेन चमार , सचिव सुरेस चमार , कतार समितिका संयोजक रामएकबाल महरा , साउदीअरेवियाका संयोजक सुरेन्द्र कुमार महरा , चमार कल्याण समाज नेपालका केन्द्रिय सदस्य उदय नरायण चमार , के.सदस्य मनोज राम, लेखक एवमं के.सदस्य राजदेव चमार विद्रोही ,चमार समाज दुबईका प्रतिनिधि दिपेन्द्र चमार , कुबेतका प्रतिनिधि सत्रुधन चमार , बहुजन समाज परिषदका संयोजक एवमं चमार समाजका केन्द्रियसदस्य हरिनन्दन चमार लगाएतले आजै प्रेस विज्ञाप्ती जारी गर्दै हत्याराहरुलाई कारवाहीका लागि माग गरेका छन ।

यसरी चमार समुदायहरुका अबोध बालकको हत्या गरिनु भनेको हाम्रो समुदायहरु माथि ठाढो हत्या गर्नु भनी हामी बुझेका छौ ।

तसर्थ हत्यामा संलग्न जो कोही भए पनि कारवाही गर्न नेपाल सरकार समक्ष चमार कल्याण समाजका सबै केन्द्रिय सदस्य , आईसिसि प्रतिनिधि , प्रवास कमिटिहरुले अनुरोध गरेका छन्।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु