चर्चित बहुला गायक भट्टराईले युरोप

पछिल्लो समयको चर्चित आधुनिक तथा लोकदोहोरी गायक रमेशराज भट्टराईले युरोप नचाउने भएका छन् । फिनल्यान्डमा रहेको चौतारी इभेन्टद्वारा आयोजना गरिएको साङ्गीतिक कार्यक्रमका लागि उनी युरोप आउने भएका हुन्।

सांगीतिक कार्यक्रमका लागि उनी युरोपको पोर्चुगल, स्पेन, फिनल्यान्ड, बेल्जियम, चेक रिपब्लिक लगायत युरोपको विभिन्न देशहरूमा उनले आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन्।

पछिल्लो समयमा व्यस्त रहेका गायक हुन् रमेशराज भट्टराई, स्वदेश तथा विदेशमा उत्तिकै स्टेज कार्यक्रम गर्दै आइरहेका गायक भट्टराई, पोहिलोपटक साङ्गीतिक कार्यक्रमका लागि युरोप आउँन लागेका हुन् ।

गायक रमेशराज भट्टराईको युरोपको पहिलो सांगीतिक कार्यक्रम फिनल्यान्डमा जुलाई ५ तारिख हुने भएको छ । अन्य देशमा भने कार्यक्रमको मिति तयार नभइसकेको आयोजकले जानकारी दिएको छ ।

आधुनिक तथा लोक दोहोरी गीत सबै बिधाका गीतहरुमा पोख्त, स्टेज तताउने गायकहरु मध्येको एक हुन् गायक रमेशराज भट्टराई, उनी यस भन्दा अगाडी बेलायत, अष्ट्रेलिया, जापान, हङकङ, दुबई लगायत थुप्रै देशहरुमा पटक पटक सफल प्रस्तुति दिइसकेका भर्सटाईल गायक भट्टराईको बेहुला बनाउछु भन्थि, बहुला बनार गई, आज पनि पापी सहरमा बबाल भो बबाल भो, तिमी लाष्टै राम्री छौ र पो म फिदा भाको छु, टन्न पैसा कमाउला भन्थ्यौ सुखै सुखमा रमाउला भन्थ्यौ, राजा राजा भन्थि बाजा बजाएर गई, होलीमा अरे होलीमा मेरो दिल बस्यो ,कान्छिको मिठो बोलीमा, खु्ट्टा भए जुत्ता छानी छानी पाईन्छ यो बजारमा जस्ता उनको थुप्रै चर्चित गीतहरू हुन्।

Share
Scroll to Top