पोर्चुगलमा लिम्बूवान प्राज्ञिक बहस हुने

नवराज दुवाडी ,लिस्वन:लिम्बू समुदायको इतिहास, संस्कृति, राजनीति र प्रवासी अनुभवमाथि केन्द्रित ‘लिम्बुवान प्राज्ञिक बहस’ कार्यक्रम आज आइतबार पोर्तुगलको राजधानी लिस्बनमा हुँदैछ। किरात याक्थुङ चुम्लुङ, पोर्तुगलको आयोजनामा हुन लागेको यस बहसमा युरोपभरि रहेका लिम्बू समुदायका प्रतिनिधिहरूको सहभागिता रहनेछ।

‘हाम्रो संस्कार, हाम्रो संस्कृति, हाम्रो पहिचान — नयाँ पुस्तामा हस्तान्तरण, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना हुने कार्यक्रममा विभिन्न क्षेत्रका वक्ताहरूले आफ्ना धारणा प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।

WOW ! New Sportswear in the Market, Grab from here

कार्यक्रममा ‘लिम्बूहरूको ऐतिहासिक पक्ष : एक चर्चा’ विषयमा राजकुमार दिक्पाल, ‘राजनीतिमा याक्थुङको सहभागिता’ शीर्षकमा विश्वास दिप तिगेला, र ‘From Autonomy to Landlessness: The Limbu Community in Historical and Global Perspective’ शीर्षकमा राेबर्ट लिम्बु ले आफ्नो विचार प्रस्तुत गर्नेछन्।

त्यस्तै, प्रेम चन्द्र निङ्लेखु ले ‘मुन्धुम मित्रका विविध पक्ष सम्बन्धी सजीव जानकारी’ विषयमा जानकारी दिनेछन् भने किशोर सुब्बा लिम्बू ले पोर्तुगलमा रहेका प्रवासी नेपाली कृषकहरूको सामूहिक अनुभवलाई समेटेर “Cardko Lagi” शीर्षकमा प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ।

कार्यक्रम आज साँझ ५:३० बजे, लिस्बनको एन्जोसस्थित एभरेस्ट नेपाल रेस्टुरेन्ट (Rua Alvara Coutinho 2B, Anjos 63, 1150-025 Lisbon) मा सुरु हुनेछ। कार्यक्रममा रुकमान केरुङ्ले सहजकर्ताको भूमिकामा रहनेछन्।

आयोजक किरात याक्थुङ चुम्लुङ, पोर्तुगलका अनुसार, कार्यक्रमको उद्देश्य लिम्बू समुदायको इतिहास र पहिचानबारे गहिरो छलफल गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो मौलिकता र संस्कृतिसँग जोड्ने हाे।

Share
Scroll to Top