गृहपृष्ठ बैदेशिक रोजगार गरि स्वदेश फर्किएका बाराका श्रमिक स्वर्गीय चमारको परिवारलाई सिडब्लुएसद्धारा ५० हजार बराबर सहयोग
बैदेशिक रोजगार गरि स्वदेश फर्किएका बाराका श्रमिक स्वर्गीय चमारको परिवारलाई सिडब्लुएसद्धारा ५० हजार बराबर सहयोग

बारा , मलेसिया देशबाट करिब ४ महिना पहिला नेपाल फर्किएर मृत्युभएका विजय राम चमारको परिवारलाई पच्चास हजार बराबरको खद्यान्न सहित नगद सहयोग गरिएको छ । चमार कल्याण समाज मलेसिया शाखाका सस्थापक सदस्य समेत रहनुभएका स्वर्गीय विजय चमार स्वदेश फर्केको केही महिनामै मृत्यु भएको र निजको परिवारमा कोही पनि कमाउने समेत नभएको भन्दै सहयोग गरिएको मलेसिया शाखाका महासचिव रामकिसोर मोची चमारले जानकारी दिनुभयो ।
महासचिव चमारका अनुसार स्वर्गीय चमारलाई चमार कल्याण समाजका बैदेशिक शाखाहरु साउदी अरेबियाबाट सात हजार पाच सय र कतार शाखाबाट सात हजार पाच सय गरि १५ हजार एवमं मलेसिया शाखाबाट ३५ हजार गरि ५० हजार रुपैया बराबरको सहयोग गरिएको बताउनु भयो ।

नेपालमा लकडाउनले गर्दा स्वर्गीय विजयको परिवारमा खाना समेतको धौधौ भैरहेको थाहा पाएपछि चमार कल्याण समाज रौतहट जिल्ला कमिटिका अध्यक्ष सोनेलाल चमार , जिल्ला प्रवक्ता पुनित राम चमारले घरैमा गएर सहयोग गरेका हुन ।
समाजका रौतहट जिल्ला अध्यक्ष सोनेलाले स्वर्गीय विजय चमारको बुवा बासुदेव राम ,आमा कबुतरी देवी राम ,श्रीमती फुलमती देवी राम ,छोरीहरु पुजा कुमारी राम , पुनम कुमारी राम ,छोरा अनिल राम लगाएत गाउका केही भलादमीहरुको उपस्थितिमा दाल , चमाल , नुन , तेल , आलु प्याज , बालबालिकाहरुका लागि शैक्षिक सामाग्री लगाएतका समानहरु हस्तान्तरण गर्नुभएको हो ।
चमार कल्याण समाज नेपालले कोभिड १९ ले गर्दा नेपालमा लकडाउनको कारणले धेरै चमार जातिहरुको घरमा खाने कुराहरु सकिएको , विरामीहरुलाई औषधी उपचार , बालबालिकाहरुलाई लत्ता कपडा आदिको अत्याधिक कमी भन्दै सबैसगं सहयोगको लागि अपिल गरेको छ ।
समाजका केन्द्रिय सल्लाहकार सेवल राम चमारले सारा चमार जातिहरु एकिकृत हुदै दुखमा परेका आफनो समुदायहरुलाई सबै मिलेर सहयोग गर्नुपर्ने आग्रह गर्नुभएको छ । साथै सारा नेपाल भर रहेका चमार जातिहरु कसैको पनि भोकै ज्यान नजाओस भनी सबै बैदेशिक शाखाहरु मार्फत सहयोगका लागि अपिल गरिएको समाजका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्र कुमार महरा चमारले बताउनुभयो । यसरी दुखमा परेको बेला बैदेशिक शाखाहरुले सारा चमार जातिहरुलाई सहयोगको हाथ बढाएकोमा सबैलाई समाजले धन्यबाद ब्यक्त गरेको के.उपाध्यक्ष ओमप्रकास चमारले बताए ।