२०७७ फागुन ११ गते मंगलवार | February 23, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ छोराको पाचौं बर्षको जन्मदिनको अवसरमा रुपन्देहीबासी दम्पतीद्वारा दलित बालबालिकालाई शैक्षिक समाग्री वितरण

छोराको पाचौं बर्षको जन्मदिनको अवसरमा रुपन्देहीबासी दम्पतीद्वारा दलित बालबालिकालाई शैक्षिक समाग्री वितरण

नेपालको सिरहा जिल्लाको कल्याणपुर नगरपालिकामा जन्मदिनको अवसर पारेर १६० जना अति गरिब समुदायका बालबालिकाहरुलाई शैक्षिक समाग्री वितरण गरिएको छ।

रुपन्देही जिल्ला स्थायि घर भई हाल युरोप बस्दै आउनुभएका दिनेश गौतम हरिजन र उहाकी श्रीमति बबिता कुमारीले आफ्नो छोरा एभिरल ५ औ बर्षमा प्रवेश गरेको अवसर पारेर सो समाग्री बितरण गरेका हुन्।

नेपालमा सबै भन्दा गरिबीको रेखा मुनि रहेका मधेशका चमार , डोम , मुसहर , दुषाध जातिका १० बर्ष भन्दा मुनिका बालबालिकाहरुलाई शिक्षामा पहुच पुगाउने उद्देश्यले शैक्षिक समाग्री वितरण गरिएको हो।

युरोपमा लगभग ४ बर्ष भन्दा बढि बसोबास गर्दै आउनुभएका गौतम नेपालमै सबै भन्दा उत्पीडनमा पारिएका चमार जातिहरुलाई एकिकृत गर्ने अभियानमा लाग्नु भएको छ भने चमार कल्याण समाज नेपालका केन्द्रिय अध्यक्ष ,नेपाल पत्रकार महासघं युरोप शाखाको कार्य समिति सदस्य एवमं गैरआवासीय नेपाली सघं लगाएतका विभिन्न समाजिक सघंसस्थाहरुमा आबद्ध रहेर काम गर्दै आउनु भएको छ।

गौतम हरिजनले नेपालमा रहेका चमार , डोम , मुसहर लगाएतका दलित समुदायहरुलाई एकिकृत गर्दै उनिहरुलाई अधिकारका लागि अभिप्रेरित गर्ने कार्य गरिरहेका छन्। उहाँकी श्रीमतीका अनुसार आफुले यस बर्ष कोभिड १९ले सबै भन्दा बढि गरिब ,दलितहरुलाई असर पारेको , त्यसमा पनि चमार , डोम , मुसहर परिवारको स्थिति नाजुक भएकोले शिक्षामा छोरा एभिरलको आग्रहमा शैक्षिक समाग्री वितरण गरिएको बताउनु भयो।

उहाँका अनुसार ५ बर्षिय छोरा एभिरललेनै आफ्नो जन्मदिनको अवसरमा गरिब बालबालिकाहरुलाई शैक्षिक समाग्री वितरण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु