२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ ब्लड क्यान्सर पिडित संन्जयलाई चमार कल्याण समाजद्धारा एक लाख १५ हजार भन्दा बढि आर्थिक सहयोग

ब्लड क्यान्सर पिडित संन्जयलाई चमार कल्याण समाजद्धारा एक लाख १५ हजार भन्दा बढि आर्थिक सहयोग

ब्लड क्यान्सरबाट पिडित धनुषा जिल्लाका एक युवकलाई चमार कल्याण समाज नेपाल मलेसिया शाखा र साउदी शाखाले आज शनिवार आर्थिक सहयोग गरेका छन । केही बर्ष पहिला बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका संजय महरा चमारलाई ब्लड क्यन्सर भएपछि किाम गर्न नसकेपछि स्वदेश फर्किएर हाल काठमाडौको टिचिगं अस्पतालमा उपचाररत रहेका छन ।

विेदेशमा हुदा पिडित संजय चमार चमार कल्याण समाज मलेसिया शाखाको सस्थापक सल्लाहकारका रुपमा कार्यरत रहेको र आफनो गाउ घरमा पनि समाजिक ब्यक्तित्वको पहिचान बनाएकाले उहालाई सहयोग गर्नका लागि आज सिडब्लुएस नेपालको केन्द्रिय समितिको तर्फबाट बरिष्ठ सल्लाहकार सेवल चमार , केन्द्रिय समिति सदस्य सुनिता कुमारी चमार तथा उपत्यका सदस्यहरु विलास महरा , प्रमोद महरा लगाएतले अस्पतालमै गएर औषधी उपचारमा केही कमि नहोस भनी आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको हो ।

ब्लड क्यन्सर पिडित महरालाई बचाउनका लागि अहिले चमार कल्याण समाज संयुक्त अधिराज्य अमेरिकाले पनि अमेरिकामा रहेका नेपाली समुदायहरुसगं संजय बचाऊ अभियान संचालन गरिएको आईसिसि संयोजक अमिरी मोची चमारले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु