२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ चमार जातिलाई पनि मानव सरह बाच्न दिऊ..

चमार जातिलाई पनि मानव सरह बाच्न दिऊ..

बाल किसुन चमार
नेपालमा महिला हिसांका घटनाहरु दिन–प्रतिदिन घट्नुको साटो बढिरहेको देखिन्छ । देशभरिमा हिंसाका घटनाहरुमा कमी नआउनु भनेको राज्यको प्रभावकारिताको अभाव हो । त्यसका साथै महिला हिंसाका घटनालाई कम गर्नका लागि स्थापना भएका महिलाअधिकारबादी सस्थाहरु पनि दोषी हुन आउँछन् ।

किनकि अहिले विकट जिल्लाको तुलनामा सुविधा रहेको जिल्लाहरुमा नै सबैभन्दा बढी जातीय विभेद तथा छुवाछुतका घटनाहरु पाइएका छन् ।
हिंसाको शिकार जिल्लाको नाम लिदा रुपन्देही जिल्लालाई बिर्सन सकिन्न । यहाँ एक महिनामा कम्तीमा ४० देखि ५० जना महिला हिसांको शिकार बन्न पुग्छन । त्यसमा पनि सबैभन्दा बढी चमार समुदायका माहिलाहरु । रुपन्देही जिल्लाको रोहिणी गाउपालिकाकी ५५ बर्षिय बस्ने चिनकली हरिजन चमारलाई हरेक हप्ता नै बोक्सीको आरोप छिमेकीहरुले लगाई रहन्छन । छिमेकी गाऊ मुसलमान जातिहरुको बाहुल्य रहेकाहरुले अझै बोक्सी , एकाविहानै जातीय गाली चमारनी(चमाईन) खानुको साथै अनेकौ र्दुब्यहार ब्यहोर्नु परेको हुन्छ ।
गाउँका धेरैजसो मान्छेहरुले उनलाई कहिले बोक्सीको आरोप लगाउछन त कहिले चमाईन तल्लो जात भनेर हेप्छन । त्यति मात्रै होईन उनलाई कहिले कही त जातिय चमारनी तल्लो जातको भनी कुटपिट समेत गर्ने गर्छन गाउका उच्च बर्गका मानिसहरुले । उता रोहीणी गाउपालिका वडा न. सात टिकर भन्ने गाउमापनि चमार जातिहरुको बाक्लो बसोबास रहेको छ । त्यहा रहेका चमारहरुलाई यादव बाहुल्य रहेकाहरुले सदैव चमार , जातिय गालि , विकास निमार्णमा समेत जातिय विभेद गरिएको पाइएको छ । चमार टोलका एक युवा (हरिदेव नाम परिवर्तन)लेआफुलाई चमरा आदी जस्ता जातिय गाली मेरै कक्षामा पढने साथीहरुले गर्ने गरेको कारणले आफनो स्कुलको पढाई नै छोडि दिएको बताए । साथै उहाले आफनो चमार जाति थर परिवर्तन गरि फेसबुकमा यादव राखेको कारणले यादव जातिका युवाहरुले मलाई गाउ भन्दा टाढा लगेर कुटपिट गरेको दुख सुनाए । हरिदेवले आफु थर परिवर्तन गर्दा पनि जातिय विभेद सहनु परेको र आफु र आफनो जातिहरु अत्यन्त गरिब भएकोले सबै मुस्लिम , हिन्दुहरुले हेप्ने गरेको बताए । यस्तै सोही गाउकी एक अमरावती (नाम परिवर्तन) गरेकी ६५ बर्षियलाई गाउका मानिसहरु बोक्सीको आरोप लगाउछन । उनि बृद्ध भएको र अनुहारमा चाउरी परेको कारणले गाऊका बालबालिकाहरु समेत बोक्सी भनेर हेप्ने गरेकोको कारणले छोराआफनो मामा घरमा पठाएका छन । किनकी जब उनि आफनो घरमा आउछिन तब उनलाइृ गाउमा उच्च बर्ग जातका मानिसहरुले जातिय गालि गर्नुको साथै बोक्सी गाउमा पस्यो भनी अनेकौ किसीमका गालि गर्नुको साथै कुटपिट गर्ने सुरु गर्छन । जसको कारण उनि प्राय आफनो माईती घर खोरिया बजार भारतमा गएर बासोबास गर्ने गर्छिन अनि हाप्ताको वा महिनामा आफनो घरमा एक दुई पटक आउने गर्छिन । आफनो घरमा आउने कारण के हो भने उनका केही खेतिपाती तथा छोरा छोरीहरु आफनै नेपालमै बस्ने भएकाले आफनो घरमा फर्किन्छिन ।
अमरावतीका २२ बर्षिय छोरा सन्तोष हरिजनका अनुसार छिमेकीहरुको डरले गर्दा आफनो आमालाई कहिले मामा घर , कहिले मौसी (कन्छी)आमाको घर , त कहिले फुपुको घरमा बसोबासका लागि पठाउनु परेको बताए । उनको गाउमा कसैलाई ज्वरो किन नआओस ,कसैलाई पेट किन नदुखोस , गाई भैसी तथा बाख्राहरु विरामी किन नहोस शकां गरिहाल्छन छिमेहीहरुले आफनो आमालाई । समाजमा रहेको बोक्सी प्रथा ,जादुटुना मुना तथा गाउका उच्च जातका मानिहरुले आफुहरु नेपालमै सबैभन्दा तललो जात भएकोले आफनो आमालाई धेरै नै दुःखि बनाएको सन्तोषको भनाई छ ।

गाउका उच्च बर्गहरुले आफनै जातकी महिलालाई बोक्सीको आरोप लगाई कुटपिट गर्दा आफुहरुलाई एकदमै डर लाग्ने गरेको उनका छिमेकी रमेश चमारको भनाई छ । उनका अनुसार यो गाउमा चमार जातिहरुको सख्यां धेरै भएपनि चमारको भनाई कसैले नपत्याउने गरेको बताए । रमेशका अनुसार गाउमा रहेका बालबालिकाहरु समेत स्कुल जानबाट पनि डराउछन । किनकी उनिहरुको आमा बुवा चमार तल्लो जातका हुन पढेलेखेर के बन्छन ? बल्की गाउका जमिन्दारहरुको घरमा मजदुरी गरेमा पैसा कमाउन पाईन्छ भन्ने विश्वास रहेको छ ।
यस्तै अमरावती जस्तै देशकै सबै भन्दा पछाडि पारिएको क्षेत्र ,जमिन्दारहरुको शासन तथा मधेशबादी दलहरुको प्रमुख गडको रुपमा परिचित रुपन्देही जिल्लाकै मर्चवार क्षेत्रमा रहेका चमार जातिका छोरी बुहारी तथा आमा बुवाहरु लगभग दिनहु हिसांका सिकारमा पर्ने गर्छन । यो ठाउमा त अरु ठाउको भन्दा फरक सजाय दिने गरिन्छ । यहा उच्च यो क्षेत्रमा दुनियामा कहि नभएको घटना पनि यही क्षेत्रमै घटने गरेको हुन्छ । यसका साथै यो क्षेत्रमा त पहिला चमार जातिका छोराहरुले विवाह गरेर श्रीमती घरमा भित्रयाउदा पहिलो रात जमिन्दारहरुलाई आफनो श्रीमती हस्तान्तरण गर्नु पर्ने बाध्यता थियो । तर त्यो प्रथा अहिले नभए पनि अर्को प्रथा सुरु भएको छ । जुन एसियामा पहिलो पनि हुन सक्दछ । अबोध बालिकालाई बाली दिने प्रथा । केही बर्ष अघि मात्रै गाउका एक जमिन्दारले चमार जातीकै छोरीलाई काली माताको नामबाट बालि चढाएका थिए ।
यो बाली प्रथा भनेको कस्तो हो भने कुनै पनि बालिकाहरुलाई माहीनवारी नआउदै देबीको नाममा बाली दिने यानीकी घाटी रेटी कालीमाईलाई उसको खुन दान गर्ने प्रथा । यो प्रथा पहिला पनि हुने गरेको थियो । घटनाहरु बाहिरा आउदैन्थ्यो । यस्तो घटनामा संलग्न भएकाहरुलाई मर्चवारकै राजा जमिन्दारहरुको संरक्षणमा अहिले पनि बाचिरहेका छन । पिडितले न्याय माग्न जादा उनिहरुले प्रसासनलाई पैसाको खोलो बगाएर अपराधीहरुलाई छोडाउने गर्दछन । गाएको दशै यता यही क्षेत्रका चार जना चमार जातीका महिलाहरुलाई बोक्सीको आरोप लगाई कुटपिट गरियो । चुनावी महोल भएकोले उनिहरुको घटना सर्बजनिक भएन । राजनितिक दलहरुले उनिहरुको घटनालार्इ ढाकछोप गरि भोट मागे । तर खासमा भन्ने हो भने यस क्षेत्रमा रहेका बोक्सी महिलाहरुलाई त चप्पल सुघाउने देखि लिएर थुक सम्म चटाउने , गाउ निकाला गराउने सम्म फैसला गर्छन यहाका समाज तथा उच्च बर्गका ठुला भनाउदाहरुले । वि.स. २०६७ सालमा मर्यादपुर गाविस बडा न. ६की कलाबती चमारलार्इृ उनकै छिमेकीले यस्तै कुकर्म गरेका थिए तर ती पिडकहरुलाई कुनै कारबाही नै भएन ।
त्यतिमात्रै होईन कलाबतीलाई कुनै पनि गाउमा भएको विवाह भोजभतेर आदिमा समाबेश नहुने ,भोजभतेर भैरहेको बाटो नहिडने बारेन्ट जारी अझै पनि हुने गर्छ । यिनलाई चमारनी दलित भएको भन्दै यही वितेको दशैमा दुर्गाको पुजा समेत गर्न दिएनन् यहाका भलाआदमीहरुले । गाउमा दशैको बेलामा दुर्गा पुजा गराउनका लागि गाउकै उच्च बर्गका मानिसहरु जत्तिनै चन्दा दान गर्ने गर्छिन । तर पुजा गर्न दिदैनन् गाउका मानिसहरुले । के भगवान दलित ,महिला चमार जातीको होईनन् ? भनी उनले प्रश्न गरिन । आफु जुन बाटो हिडदां गाउका मान्छेहरुले हास्ने , बोक्सी गाईरहेका भनी जिस्काउने गरेको उनि बताईन ।
समाजमा सबै भन्दा गरिब समुदाय ,देशमै सबै भन्दा तल्लो जाती चमार जाति , सिनो खाने जातिमा पनि पहिलो चमार हरिजन जाति , हरिजनहरुकै छोरी बुहारी तथा आमाहरु सबै भन्दा बढी महिला हिंसामा परिरहेका हुन्छन । यो समुदायलाई नेपालमा रहेका अन्य जातिहरुले कहिले दलित भनी हेला गर्छन त कहिले जातिय गाली चमार । भनी हेला गर्ने गर्छन कहिले उनिहरुकै आमाहरुलाइृ बोक्सीको आरोपमा कुटपिट गरि गाउ निकाला गर्ने गर्छन त कहिले गाउका उच्च बर्गका जामिन्दारहरुको छोराहरुद्धारा चमार हरिजनहरुकै छोरीहरु बलतकृत हुने गर्छन । कहिले सार्बजनिक स्थलमा पुजापाठ गर्न पाईदैनन् यस विषयमा राज्य ,महिलाबादी संघसस्था , दलितका लागि काम गर्ने निकायहरु त्था सरोकारवालाहरुको ध्यान किन नपुगेको होला यी चमार हरिजन जाति माथि ?
महिला सशक्तिकरणका नाममा विभिन्न महिला संघसस्था , राज्यले करोडौ रकम खर्च गर्छन , महिलाबादी सस्थाहरुलाई विदेशी दातृ निकायहरुले पनि अर्बौ लगानी गरि महिलाको हितमा काम गर्नका लागि गाउ पठाउछन । दालित समुदायको नाममा आएको रकम काठमाडौकै उच्च कामी विश्वकर्मा , दमई र सार्की तथा तराईका पासवान दुषाद जातीहरु पहुचवाला भएकोले उनिहरु मात्रै यसको फाईदा उठाउने गरेको समाजसेबी एवमं चमार कल्याण समाज नेपालका केन्द्रिय सल्लाहकार डा. कृष्ण मुरारी हरिजनको भनाई छ । यसरी आफनो समुदायका माथि तराईमा रहेको कु सस्कार कु प्रथाले हिसांको सिकार कहिले कही आफुलाई समेत बनाउने गरेको डा। हरिजनले बताए । नेपालमा सबै भन्दा धेरै सिरहामा त्यस पछि रुपन्देही जिल्लामा चमार जातिहरुको बाहुल्यता भएको बताउदै आफुहरुको नाममा आएको सरकारी बजेट तथा गैरसरकारीहरुको बजेट गाविस सचिव देखि लिएर स्थानिय निकायका राजनैतिक दल तथा पदाधिकारीहरुले नै खाने गरेको आरोप लगाउछन हरिजनले ।
उनका अनुसार जिल्लामा हिसां न्युनीकरण गर्न धेरै महिलाबादी सस्थाहरु छन । सरकारी तथा गैर सरकारी सघं सस्थाहरुबाट आएको करोडौ अर्बौको बजेट उनिहरुले शहरमै खर्च गर्ने गर्छन । उनिहरुले दलित ,गरिबको नाममा राज्य तथा अन्य निकायहरुसगं त्यत्रो बजेट काठमाडौ लगाएत जहा शिक्षित छन त्यही मात्रै जनचेतना फैलाउने जहा गरिब छन दलित भुमिहिन छन उनिहरुको गाउ घरमा यि सस्थाहरु किन नआएका होलान ? यस सम्बन्धी खोजतलास गर्नका निम्ती अब संचार क्षेत्र र उपभोक्ता लगाएत सबै जातजातिहरु एक हुनुपर्ने बेला आएको हरिजनले बताए । रुपन्देही जस्तो जिल्लामा बार्षिक रुपमा काम्तीमा ६० बटा भन्दा बढी चमार जातिहरु माथि जातिय विभेदका घटना , महिला हिसांका घटना ,बोक्सीको आरोपमा कुटपिट लगाएत घरेलु हिसां हुन्छन । यसलाई नियन्त्रण गर्न सबै सरोकारबालाहरु जुटनुपर्ने हुन्छ ।
भगवान गौतम बुद्धको नाममा जसरी शान्तिको देश नेपाल भनेर पुरै विश्वमा चिनिन्छ त्यसरी हामी यो देशका लागि पसिना बगाएका चमार जातीका मानिसहरु लगाएत दिनहु भईरहेको महिलाहिसांका घटनालाई कम गर्नका खातिर रुपन्देहीका मात्रै होईन सारा देशका मानिसहरु आफनो गाउ घर देखि नै यस्ता घटना हुन नदिनाका लागि आजै देखि उठौ र उन्मुलन गर्ने तर्फ लागौ । जुन घरमा महिलाहरुलाई ईज्जत गरिदैन त्यो घर घर होईन त्यो सम्सान घाट हुने छ । आफनै गाउ घरमा रहेका सोझ साझा चमार जातिका लागि के हामी तपाईहरुले जातको आधारमा छुवाछुत गरि हेला गर्ने यो कुन मानवता हो ?
संचार क्षेत्रबाट पनि एक दमै पछाडि परेको जाति ,समुदायलाई पनि अगाडि बढाउनका लागि तपाई हामी सबै मिलेर सहयोग गर्न‘पर्ने हुन्छ । र सरकारले गठन गरेको जातिय छुवाछुत निगरानी समितिले खासै काम प्रभावकारी र पारदर्शी नभएकोले अब तपाई हामी सच्चा मानवताबादी सोच बोकेका नागरिकहरुले समाजमा रहेको जातिय विभेदका घटना, छुवाछुत ,महिला हिसांका घटनाको सत्यतथ्य छानविन गरी पिडितलाई राहत पुगाउनमा सहयोग गारौ । त्यसका साथै विभिन्न सघं सस्थाहरुले कुन समुदायका लागि काम गर्देछन ? तिनीहरुको विवरण समेत लिई जनताहरुलाई सुचनाको हक सम्म पुगाउनका लागि सस्थाहरुको लेखाजोखा समेत खोज्नु पर्ने बेला आएको छ अहिले । किनकी जनताहरुको कामका लागि स्थापना भएका सस्था तथा राज्यका हरेक निकायको बारेमा सबै जनताहरुलाइृ थाहा हुन जरुरी हुन्छ । किनकी जनता भनेको मालिक हो राज्य सरकार भनेको नोकर हो ।
यो कुरालाइृ हामी ध्यानमा राखी जनताहरुको कामलाइृ प्रभावकारी बनाई जनताहरुको सेबा अझ सहज बनाउन सकियो भनेृ समाजमा जातिय विभेद अन्त्य गरि चमार तथा अन्य जातिलाइृ पनि मानव सरहको बाच्न पाउने अधिकार बनाउ हामी । हामी शान्तिको कामना गर्छौ तर आफनो घरमा शान्ति कसरी आउछा भन्ने बारेमा खोजतलास गर्देनौ । त्यसकारण हामी आफुबाटै शान्ति खोज्ने प्रयास गरौ र नया नेपाल हामी सबै नेपाली मिलेर बनाउ ।

लेखक चमार कल्याण समाज मायादेबी गाउपालिकाका संयोजक हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु