Covid-19
City Express

चमार समुदायकी छोरीलाई बलत्कार गर्न पाउनुपर्छ भन्दै कुटपिट, चमारहरुद्धारा पिडकलाई कारवाही गर्न माग

धनुषा जिल्लाको लक्ष्मीनिया गाउपालिका १ का चमार समुदायको छोरीलाई बलत्कार गर्न पाउनुपर्छ भन्दै फेरि गैरदलितहरुले कुटपिट गरेका छन ।

स्थानिय बिष्णुदेव महरा चमारको छोरीहरुलाई सोही गाउ बस्ने बादे उर्फ बद्रैश भण्डारी लगाएतका युवाहरुले गत असोज २२ गते राति १ वजे हो , आमा, ७ महिनाको गर्भवित छोरि र १८ वर्षीय अर्को छोरी तिनै जना सुतिरहेको अवस्थामा घरमा प्रवेश गर्नु भन्दा पहिले एमसिबी खसाएर, बल्व फुटाइ ढोका तोडेर घरमा प्रवेश गरि बलात्कार गर्ने उदेश्यले उनीहरूको ज्यु शरिरमा छामछुम गरेपछि थाह पाई छोरीहरू चिच्याएर घरबाट बाहिर निस्कन खोज्दा गर्भवति छोरिलाइ कपाल समातेर बाहिर लगि कुटपिट गर्दा बचाउन खोज्दा उनीहरूको आमा र बुवा विसुनदेव महरालाई लाठि ले कुटपिट गरि वेहोस बनाएको चमार कल्याण समाज नेपालका केन्द्रिय सदस्य रामो महरा चमारले जानकारी दिए ।

समाजका केन्द्रिय सदस्य महराका अनुसार विश्नुदेवले पिडकहरुको विरुद्धमा प्रहराीमा उजुरी दिएको , पिडकलाई पक्राउ गरे पनि पैसा र पावरको बलमा फेरि पिडकहरुलाइ छोडिए पछि उनिहरुले विष्णुदेवको परिवारलाई आक्रमण गरिएको बताए ।

यसरी चमार समुदायका छोरी चेलीहरु माथि दिनहु जसो हिसां गर्नेहरुलाइृ नेपाल सरकारले कारवाही नगरेको प्रति चमार कल्याण समान नेपालले घोर विरोध गर्दै पिडकहरलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेको छ ।

चमार कल्याण समाज नेपालका केन्द्रिय संयोजक दिनेश चमारले आज एक पे्रस विज्ञप्ती जारी गर्दै पिडकहरुलाई कारवाही नगरिए त्यसको परिणम धेरै कठिन हुने भन्द्रै अक्रोश पोख्दै समाजलाई समतामुलक बनाउनका लागि सबै समुदायहरुसगं आग्रह गर्नु भएको छ ।

उता यही घटनालाई लिएर चमार कल्याण समाज शाखा मलेसियाले पनि आजै एक प्रेस विज्ञप्ती जारी गर्दै कडा शब्दमा निन्दा गरेको छ । समाजका संयोजक नन्दलाल चमारले आजै एक विज्ञप्ती जारी गर्दै दोषी भण्डारी लगाएतहरुलाई काडा भन्दा कडा कारवाही गर्न माग गरेका छन ।

चमार कल्याण समाजका प्रवास कमिटि साउदी अरेवियाका संयोजक सुरेन्द्र कुमार महरा , कतार संयोजक रामएकबाल महरा , दक्षिण कोरिया संयोजक अर्जुन राम चमार , संयुक्ता राज्य अमेरिकाका संयोजक अमिरी मोची लगाएतले चमार समुदायका छोरीहरुलाई यस्तो र्दुब्यवहार गरिएको प्रति खेद प्रकट गरेका छन ।

यता विष्णुदेब चमारको घरमा घुसेर कुटपिट गरिएको घटना थाहा पाए लगत्तै मानवअधिकारकर्मी विनोद महराको नेतृत्वमा एक मानवअधिकारकर्मीहरुको टोलीले स्थलगत रुपमा छानविन सुरु गरिएको स्थानिय पत्रकार रामएकबाल महराले जानकारी दिए । महराका अनुसार गैरदलितहरुले पैसा र सत्ताको पावरमा दलित चमार परिवारलाई कुटपिट गरिएको बताए ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु