२०७९ असोज १२ गत बुधवार | September 28, 2022

Bharat Poudel

गृहपृष्ठ रुपन्देहीको सम्मरीमाई गाउपालिका वडा न. ४मा ८९ सदस्यीय चमार समाज गठन , अध्यक्षमा सागरनाथ हरिजन

रुपन्देहीको सम्मरीमाई गाउपालिका वडा न. ४मा ८९ सदस्यीय चमार समाज गठन , अध्यक्षमा सागरनाथ हरिजन

विभेद रहित समता मुलक समाज निर्माण , जातिय छुवाछुत अन्त्य र सारा उत्पीडित चमार समुदायहरुलाई एकिकृत गर्ने उद्देश्यले सोमवार रुपन्देही जिल्लाको सम्मरीमाई गाउपालिका वडा न.४ बिजगौरीमा सागरनाथ हरिजनको अध्यक्षतामा ८९ सदस्यीय चमार कल्याण समाज नेपाल गाउ स्तरिय समिति गठन गरिएको छ ।

चमार कल्याण समाज नेपाल गाउपालिका प्रमुख सर्बेन्द्र हरिजनको प्रमुख अतिथ्यता ,सह सयाेंजक नरेन्द्र हरिजनको विशिष्ठ अतिथ्यता एवमं नितेश धवलको निरिक्षणमा गरिएको भेलाले गाउस्तरिय उपाध्यक्षमा राधिका हरिजन , सचिवमा रोहित हरिजन र कोषाध्यक्षमा राहुल हरिजनलाई सर्बसम्मतले चयन गरेको हो भने सदस्यहरुमा कैलास हरिजन , कृष्ण चमार , प्रेम हरिजन , विजय हरिजन , सचिन चमार , जगरनाथ चमार , सुरेन्द्र चमार , बृजमोहन चमार ,रामकिशुन चमार , जगदिश चमार , सुरेश चमार , सन्तराम चमार ,सन्दिप चमार , अजय चमार , रामदास चमार , शुभावती चमार , शोभा चमाईन ,विन्दा चमाईन , ज्ञानमति चमाईन , सन्जु चमार , किसलावती चमार लगाएत सबै सर्बसम्मत रुपमा चयन भएको निरिक्षक नितेश धवलले जानकारी दिनुभयो ।

चमार समुदायहरु माथि नेपालमा दिनहु अत्याचार भैरहेको अवस्थामा अब चमारहरु एकिकृत भएर लडने बेला आएकोले आफुहरु गाउ गाउमा समितिहरु बनाउने अभियान तिब्र बनाएको समाजका गाउपालिका प्रमुख सबेन्द्र हरिजनले जानकारी दिनुभयो ।

गाउपालिकाले आफनो समुदायहरुको गाउमा बाटो घाटो , राज्यबाट प्रदान गरिने हरेक सुविधामा विभेद गरिरहेको , गाउपालिकामा रहेका गैरदलितहरु आफुहरुलाई सधै हेपीरहेकोले अब त्यसको मुहतोड जवाफ दिनका लागि आफुहरु तयारी गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु