गृहपृष्ठ चमार कल्याण समाजद्धारा भोक मेटाऊ अभियान संचालन , सप्तरी जिल्लामा खाद्यान्न सहयोग
चमार कल्याण समाजद्धारा भोक मेटाऊ अभियान संचालन , सप्तरी जिल्लामा खाद्यान्न सहयोग

सप्तरी , राजविराज । सप्तरी जिल्लामा एक चमार समुदायको परिवारलाई खाद्यान्न साथै केही आर्थिक सहयोग गरिएको छ । सप्तरी जिल्लाको सुरुगां नगरपालिकाकी एक चमार महिला खान नपाएर मृत्युभएको थाहा पाएपछि चमार कल्याण समाज नेपालको समन्वय एवमं सिडब्लुएस साउदी अरेबिया शाखाले सहयोग गरेका हुन ।
सुरुगां ६ कडरबोना गाऊकी लगभग ४० बर्षिय सबित्रि देबी चमाईन दैनिकि बाटो खन्ने कार्य गर्दा गर्दै घरमा केही खानेकुरा समेत नपाएर मृत्यु भएको उहाको श्रीमान भोलई चमारले जानकाी दिनुभयो । भोलाई चमारका अनुसार आफु पनि बाटो खन्ने कार्य गर्ने र श्रीमति पनि गर्ने , आफनो घरको स्थिसत अत्यन्त नाजुक रहेको, खानाको लागि मजदुरी गर्दा समेत समयमा ज्याला नपाएको , जसले गर्दा श्रीमति घरबाट खानै नखाएर आएर काम गर्दा मृत्यु भएको बताए ।
भोलाई अत्यन्त गरिब भएको र एउटा चमार जातिको महिला भोकै मर्नु अत्यन्त दुखद भएको भन्दै चमार कल्याण समाज साउदी शाखाले मृतकको परिवारलाई केही खाद्यान्न् सहयोग गरेको महासचिव जिवन कुमार राम चमारले जानकारी दिनुभयो ।
महासचिवका अनुसार कोरोनाले गर्दा नेपालमा लकडाउन छ जसको प्रत्यक्ष असर नेपालमै सबै भन्दा बढ गरिबी रेखामुनी रहेका चमार जातिहरुमा परेको स्पष्ट देखा परेको बताए । मृतकको परिवारलाई एक क्वईन्टल चामल , १५ किलो आटा ,५ किलो आलु , २ लिटर तेल , नुन , प्याज , साबुन , दाल , मास्क तथा रु १५०० नगद आर्थिक सहयोग गरिएको साउदीका संयोजक सुरेन्द्र कुमार महराले बताउनु भयो ।
चमार कल्याण समाज साउदी अरेबीया शाखाको टिम मिलेर उहाको परिवारलाई आर्थिक सहयोग गरेको साउदी टिमका कोषाध्यक्ष विजय महरा चमारले जानकारी दिनु भयो ।
चमार कल्याण समाज नेपालले कुनै पनि गरिब समुदायहरु भोकै ज्यान नजाओस भनी खाना खुवाऔ , भोक मेटाऊ , कोरोनाबाट कोही ज्यान गुमाउन नपरोस भनी महाअभियान संचालन गरि सबै चमार जातिहरुलाई खाद्यान्न सहयोग गरिरहेको छ ।