२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ कतारको दोहामा चमार कल्याण समाजको छलफल

कतारको दोहामा चमार कल्याण समाजको छलफल

नेपालमा विभेदमा पारिएका महादलित चमार समुदायहरु प्रवासी देश कतारको दोहामा नेपालमा आफनो समुदायहरु माथि भैरहेको हत्या , हिसां , विभेदको विषयलाई लिएर छलफल कार्यक्रम सम्पन्न गरेका छन ।

शुक्रवार कतारको राजधानी दोहामा चमार कल्याण समाज प्रवासी कमिटि कतारको अयोजनामा कतार देशमा बसोबास गरिरहेका चमारहरुलाई एकिकृत गर्दै सुख दुखमा साथ दिनुका साथै आफनो समुदायहरुको अधिकार स्थापना गर्ने लगाएतका बारेमा छलफल भएको कतार सयाेंजक राम एकबाल चमार महराले जानकारी दिए ।

चमार समाज कतारका संयोजक महराका अनुसार नेपालमा राज्यद्धारा हत्या गरिएका रौतहट जिल्लाका विजय राम र गैरदलित , जमिन्दारहरुद्धारा हत्या गरिएका निरन्जन चमारको परिवारलाई पनि केही राहत दिने बारेमा छलफल भएको र आउदो अक्टुबर ९ तारिखका दिन केही रकम उठाएर चमार कल्याण समाज नेपालको तर्फबाट सहयोग गरिने जानकारी दिनु भयो ।

समाजिक , आर्थिक र राजनितिक रुपमा आफुहरु विभेदमा पारिएकोले अब एकिकृत भएर विभेदका विरुद्धमा विगुल फुक्नका लागि सारा संसारका चमारहरु एकिकृत हुनुपर्ने सहभागिहरुले बताएको चमार समाज कतारका सदस्य जगरनाथ चमारले बताए ।

छलफल कार्यक्रममा चमार समाजका पाण्डव महरा , रामउदगार राम , लक्ष्मी राम , नारायण राम , राजा राम महरा चमार , श्री प्रसाद महरा चमार लगाएत २१ जना भन्दा बढिको उपस्थीति रहेको संयोजक रामएकबाल महराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु