गृहपृष्ठ चितवन सेवा समाज साईप्रसको तेस्रो अधिवेशन जुलाई २५ तारिखमा हुने
चितवन सेवा समाज साईप्रसको तेस्रो अधिवेशन जुलाई २५ तारिखमा हुने

सारा चितवन जिल्लाको विकासमा पहुच पुगाउने उद्देश्यले स्थापना भएको चितवन सेवा समाज साईप्रसको तेस्रो अधिवेशन यही जुलाई २५ तारिख आईतवार हुने भएको छ । समाजकी अध्यक्ष कबिता भण्डारीका अनुसार समाजको ५औ बार्षिक उत्सव तथा अगामी कार्यकालका लागि नया सदस्यता समेत खोलिएको जानकारी दिनुभयो ।
साईप्रसमा बसोबास गरिरहेका सारा चितवनबासीहरु सस्थामा अबद्ध भएर चितवन जिल्लाको विकास निमार्णमा सहयोग साथ दिनका लागि भएपनि एकजुट हुन अध्यक्ष भण्डारीले अनुरोध गर्नुभएको छ ।अधिवेशन साइृप््रस सरकारले कोभिड सम्बन्धि तोकेको मापदण्ड बमोजिम गरिने अध्यक्ष भण्डारीको भनाई छ ।
चितवन सेवा समाज साईप्रस नितान्त समाजिक सस्था भएको नाताले सारा साईप्रसमा रहनुभएका चितवनबासीहरुले सम्बन्धित प्रतिनिधिहरुसगं बेलैमा सम्पर्क गरि सदस्या लिनका लागि अनुरोध गरिएको समाजकी प्रथम उपाध्यक्ष सबि थापाले जानकारी दिनुभयो । उपाध्यक्ष थापाका अनुसार समाजले चितवनमा रहेका ८ जना अनाथ बालबालिकाहरुलाई आफनै खर्चमा स्थापना काल देखि नै पढाउदै आईरहेको महासचिव विमल पुरीले बताए ।Facebook Comments Box