२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ साईप्रसमा बुधवार थप ३ जना नेपालीमा कोरोना संक्रमण ,यो संख्यासगैँ ४७ जना नेपालीमा कोरोना भेटियो

साईप्रसमा बुधवार थप ३ जना नेपालीमा कोरोना संक्रमण ,यो संख्यासगैँ ४७ जना नेपालीमा कोरोना भेटियो

साईप्रसमा बुधवार थप ३ जना नेपालीलाई कोरोना संक्रमण देखिएको छ। आज भेटिएकाहरु एक जना पफोस शहर र दुई जना निकोसिया शहरका विद्यार्थीहरु रहेका छन्। हिजो मगंलवार मात्रै ६ जना नेपाली समुदायहरुमा कोरोना संक्रमण देखिएको थियो।

जसमा आईयानापामा २ जना घरेलुकामदार , लिमासोलमा एक जना महिला ,निकोसियामा २ जना विद्यार्थी जोडी , पाफोसमा १ जना विद्यार्थीलाई कोरोना लागेको छ। यो संख्यासगैं ४७ जना नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

कोरोना भाईरसबाट बच्नका लागि साईप्रसमा रहेको गैरआवासीय नेपाली सघं साईप्रसले बारम्बर नेपाली समुदायहरु समाजिक संजाल ,प्रत्यक्ष भेटघाट गरि सल्लाह दिईरहेको ,साईप्रस सरकारले लागु गरेको नियमलाई कार्यवन्यन गर्दै आफु पनि बाच्न र अरुलाई बचाउनका लागि सारा नेपाली समुदायहरुलाई आग्रह गरिरहेको एनआरएनए साईप्रसका सचिव पुरन मगरले जानकारी दिए।

सचिव मगरका अनुसार कोभिड १९ ले अहिले साईप्रसको विभिन्न स्थानमा बसोबास गरिरहेका नेपाली समुदायहरु बढि असर गरिरहेको र नेपाली समुदायहरुलाई फोनबाट ,प्रत्यक्ष भेटघाट लगाएत सबै कुराहरुबाट जानकारी गराउदा समेत केही नेपालीहरु कोरोना पोजेटिभ देखिए पनि खुल्लमखुल्ला घुमिरहेकोले नेपाली समुदायहरुमा कोरोना संक्रमण बढन सक्ने बताए।

कोरोना संक्रमणबाट बाच्नका लागि गैरआवासीय नेपाली सघं साईप्रसले आफनो पदाधिकारी लगाएत विभिन्न १२ भन्दा बढि समाजिक एवं  जातिय सघंसस्थाहरुसगँ समन्वय गरेर जनचेतना जगाउने ,समस्या परेको बेला तत्काल सम्पर्कमा आउन लगायतको कार्य गरिरहेको सचिव मगरले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु