२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ चमार कल्याण समाजद्धारा गैरदलितद्धारा कुटिएका दलित चमार परिवारलाई आर्थिक सहयोग

चमार कल्याण समाजद्धारा गैरदलितद्धारा कुटिएका दलित चमार परिवारलाई आर्थिक सहयोग

धनुषा जिल्लाको लक्ष्मीनिया गाउपालिका सोहनीका गैरदलितहरुद्धारा कुटिएका दलित परिवारलाई चमार कल्याण समाज नेपाल केन्द्रिय समितिले उपचार खर्चका लागि राहत वितरण गरेको छ ।

चमार कल्याण समाज नेपालका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्र कुमार महरा तथा चमार युवा समाजका केन्द्रिय उपाध्यक्ष सत्तो महराको नेतृत्वमा गएको टोलीले १६१०० रुपैया सहयोग गरेको चमार कल्याण समाज नेपालका केन्द्रिय सदस्य रामो महरा चमारले जानकारी दिएका छन ।

केन्द्रिय सदस्य महराका अनुसार केहि दिन पहिला स्थानीय ब्रदेश भन्डारी नामक एक युवकले निज गरिव, लाचार एबम सम्पुर्ण दृष्टिकोणले बिवस परिवार माथि मध्य रातमा सबै जना सुतेको अवस्थामा घरमा पसि आक्रमण गरेका थिए । घर छाउने टाली एबम बासको फाटाले आक्रमण गरेपछि निज बिष्णुदेव पुर्ण रुपले घाइते हुनुका साथै उनको गर्भवती छोरी समेतलाई शारीरिक रुपले लछारपछार गरेका थिए। करिब एक साताको उपचार पछि बिष्णुदेब निको भई घर फर्केका छन भने निजको छोरी अझै पनि उपचारकै क्रममा छिन।

उक्त घट्नाका दोषीलाई प्रहरीले पक्राउ गरि कार्यवाही प्रक्रिया अगाडि बढाएका छन । प्रहरीले गर्ने कार्यवाही एक्दमै ढिला भयो भने पीडित पक्षको गुनासो रहेको महराले बताए ।

चमारहरु माथि भएको अक्रामणलाई लिएर समाजका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्र कुमार महराले कडा शब्दमा निन्दा गर्दै सारा चमारहरु एक ढिक्का भएर अत्याचारको विरुद्धमा लाग्नुको विकल्प नरहेको बताएका थिए ।
चमार समुदायहरु माथि अक्रामण भएको थाहा पाएपछि चमार कल्याण समाज नेपाल एवमं प्रवास कमिटि साउदी अरेवियाका संयोजक सुरेन्द्र कुमार महरा लगाएतको टोलीले विशेष चासो राख्दै पिडकलाई कानुनी कारवाही , पिडितलाई न्याय पाउनका लागि सहयोग होस भनी सो रकम साउदी अरेवियाका टिमबाट पठाईएको चमार कल्याण समाज अन्र्तराष्टिय समन्य परिषदका अध्यक्ष अमिरी मोचीले जानकारी दिए ।

सहयोग रकम हस्तान्तरण कार्यक्रम नेपाल रविदास समाजको समन्य एवमं चमार कल्याण समाज नेपालको अयोजनामा भएको कार्यक्रममा चमार अगुवा रामेश्वर महरा , राजेश राम लगाएतले अब चमारहरु एकिकृत भएर विभेदका विरुद्ध लाग्न सबै उत्पीडित समुदायहरुलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु