२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ सिडब्लुएस मलेसियाको सहयोगमा चार जना श्रमिकहरुको उद्धार

सिडब्लुएस मलेसियाको सहयोगमा चार जना श्रमिकहरुको उद्धार

मलेसिया , क्लाललम्मपुर । मलेसिया देशमा अबैधानिक रुपमा कम्पनीले नेपाली श्रमिकहरु राखेर कार्य गराईरहेका र तलब समेत नपाएका चार, जनालाई सिडब्लुएस मलेसिया शाखाले उद्धार गरेको छ । नेपालबाट मलेसिया जि फोर्स सेक्युरिटी गार्डमा धनुषा जिल्लाको बटे्रवर गा.पा. ५ बस्ने राकेश कुमार यादव , सर्लाही जिल्लाको ईश्वरापुर न.पा. ३ बस्ने सत्रुधन महतो विष्णु बहादुर खडका र सप्तरी जिल्लाको रुपनी गाउपालिका ४ बस्ने राजेश राम चमारलाई आफुहरुले नेपाली दुतावासको सहयोगमा आफुहरुले उद्धार गरि नेपाल पठाइएको समाजका महासचिव रामकिसोर मोची चमारले जानकारी दिनुभयो ।

नेपालबाट एक लाख अस्सी हजार रुपैया तिरे मलेसिया आएका राजेश चमार रामलाई मानसिक तनाव भएपछि परिवारको अनुरोधमा स्वदेश फर्काउने बारेमा निवेदन आएपछि आफुहरु कम्पनीवालासगं कुरा गर्दा पनि उल्टै पैसा तिरे पछि मात्रै स्वदेश जान दिने र केही रकम तिरे मात्रै नेपाल जान दिने जवाफ आएको महासचिव मोचीले बताए ।

यसरी समस्या आएपछि संगठनका सचिव सुरेश राम चमार , संयोजक नान्दलाल , अनुसन्धानप्रमुख रामबाबु महरा चमार , सहकोषाध्यक्ष उर्जय महरा , कोषाध्यक्ष रामबाबु महरा , बरिष्ठ सल्लाहकार भोगेन्द्र चमार , कमलेश राम , शंकर महरा , विरेन्द्र राम चमार , सुनिल राम चमार , भुलवान चमार लगाएतले मिलेर टिकटको ब्यवस्थापन गरि सबै श्रमिकहरुलाई स्वदेश फार्कएका हुन । पिडित श्रमिकहरुलाई हिमालयन एयरलाईन्सबाट मलेसिया समय ६ बजेर १५ मिनेटमा फ्लाईट गराईएको चमार कल्याण समाज मलेसिया शाखाका महासचिव किसोरले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु