गृहपृष्ठ चमार कल्याण समाज नेपालका प्रतिनिधिद्धारा भारतको पन्जाबका चमारहरुसँग भेटघाट
चमार कल्याण समाज नेपालका प्रतिनिधिद्धारा भारतको पन्जाबका चमारहरुसँग भेटघाट

विश्वमै सबै भन्दा बढि चमार जातिहरुको बसोबास रहेको छिमेकी देश भारतमा चमार कल्याण समाज नेपाल शाखाका प्रतिनिधिहरु आफनो जातिहरुसँग भेटघाट सुरु गरेका छन्।
चमार समाज नेपालको भारत शाखाका प्रतिनिधिहरु भारतको पन्जाब प्रान्तमा रहेका चमार जातिहरुका नेता ,अगुवाहरुलाई भेटघाट सुरु गरिएको संयोजक दिप नरायाण महरा चमारले जानकारी दिनुभयो।
भारतको पन्जाब प्रान्तमा रहेका चमार जातिहरुसगं आफनो ईतिहास , चमार जातिहरुको उत्थान , भारतमा नेपाली चमारहरुको अवस्था , संगठन , लगायतका विषयहरुमा आफुहरु छलफल सुरु गरेको दिप नरायणले बताए।
संयोजक दिप नारायणले केही दिन भित्रै भारत देशमा पहिलो उच्च पदमा पुग्नुभएका बाबु जगजिवन राम चमारको छोरी एवमं पुर्व सभामुख मिरा कुमार लगायतसँग नयाँ दिल्लीमा भेटघाट गरिने जानकारी दिनुभयो।
चमार जातिहरुको बारेमा अध्ययन , अनुसन्धान गर्नका लागि विन्देश्वर मार ,केवल राम चमार लगायत भारत जानुभएको छ। साथै भारतमा रहेका नेपाली चमारहरुलाई एकिकृत गरिने दिप नारायणले बताए।
यता चमार कल्याण समाज नेपालले देशैभरिको विभिन्न जिल्लाहरुमा चमार जातिहरुलाई आर्थिक सहयोग, चमार समाजलाई एकिकृत गर्ने हेतुले समित गठन ,जातिय विभेदका विरुद्धमा एकता , लगायतका कार्यहरु तिब्रता दिएको केन्द्रिय उपाध्यक्ष ओम प्रकास राम चमारले जानकारी दिनुभएको छ।