२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ चमार कल्याण समाजद्धारा साउदीमा श्रमिकलाई खद्यान्न वितरण

चमार कल्याण समाजद्धारा साउदीमा श्रमिकलाई खद्यान्न वितरण

वैदेशिक रोजगारीका लागि साउदीअरब आएका राम किशोर महरालाई चमार कल्याण समाज साउदी अरबले खाद्यान्न सहयोग गरेको चमार कल्याण समाज साउदी अरबका महासचिव जग जिवन राम (जीवन कुमार) ले बताएका छन् । महराको कम्पनिले रेड जोनमा गए पश्चात कामदारहरूलाई सेलरी नदिए पछि कम्पनिबाट बाहिर भएर काम गर्न थाल्यो।

कामकै सिलसिलामा दुर्घटनामा परी खुट्टा भाचेर सिकिस्त भएपछी समाजको संरक्षक फुनफुन रामलाई साउदी अरबको रियाद क्षेत्रमा खाद्यान्नको अभावमा रहेका पीडितका बारेमा आएको जानकारी पश्चात् चमार कल्याण समाज साउदी अरबका संयोजक सुरेन्द्र महरा, अध्यक्ष जितेन्द्र राम, महासचिव जग जिवन राम (जीवन कुमार) , कोषाध्यक्ष बिजय महराको पहलमा र समाजक सम्पूर्ण पदाधिकारी लगायत सदस्यहरू को सहयोगमा पीडितहरुलाई चमार समाज द्वारा चामल, दाल, तेल, प्याज, आलु नौटेला र मसाला लगायतका खाद्यान्न सामग्री १ महिना सम्म पुग्ने खाद्यान्न र आर्थिक सहयोग गरेका हुन् । साथै नेपाली राजदूतवास रियाद साउदी अरबमा एगजिटको लागि प्रोसेस चलिरहेको पिडित महराले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु