गृहपृष्ठ चमार कल्याण समाज साउदीद्धारा महोत्तरीका मृगौला पिडित सुरेशलाई आर्थिक सहयोग
चमार कल्याण समाज साउदीद्धारा महोत्तरीका मृगौला पिडित सुरेशलाई आर्थिक सहयोग

चमार कल्याण समाज साउदी अरेबिया शाखाले एक मृगौला पिडितलाई आर्थिक सहयोग गरेको छ । चमार कल्याण समाज नेपाल महोत्तरी जिल्ला कमिटिका अध्यक्ष ईन्जिनियर लक्ष्मण चमार महराले महोत्तरी जिल्लाको बलिर्दबास नगरपालिका वाड न. ९का सुरेश महरा चमारको मृगौला फेल भएर सिकिस्त रहेको अवस्थामा आर्थिक सहयोग गरिएको जानकारी दिएका हुन ।
समाजका जिल्ला अध्यक्ष चमारका अनुसार चमार कल्याण समाज नेपालको साउदी अरेविया शाखाका संयोजक सुरेन्द्र कुमार महरा चमार , साउदीका अध्यक्ष जितेन्द्र महरा चमार , विजय चमार लगाएतको विशेष पहलमा १७ हजार १ सय रुपैया आर्थिक सहयोग गरिएको बताए ।

समाजका साउदी अरेवियाका संयोजक , अध्यक्ष एवमं टिमका सदस्यहरुको सल्लाहमा आफु मृगौला पिडित सुरेश चमारको घरमै गएर आर्थिक सहयोग हस्तान्तरण गरिएको बताउदै सहयोग लिने पिडित सुरेशको दुबै मृगौलामा समस्या देखिएको जानकारी दिए ।
अध्यक्ष ई. चमारका अनुसार नगरपालिकामा सबै भन्दा बढि गरिब सुरेसको परिवार रहेको र आर्थिक अवस्था अत्यन्त दयनिय भएकोले सो सुकै सहयोगी मन भएकाहरुले आर्थिक सहयोग गरिदिनका लागि सबै समुदायहरुमा अपिल समेत गरे ।
चमार कल्याण समाज महोत्तरी जिल्लामा आर्थिक सहयोग , चमार कल्याण समाज गाउ , नगर , वडा स्तरीय कमिटि बनाउनका लागि आफुहरु लागि परेको अध्यक्ष चमारले बताए । नेपालमा चमार समुदायहरुको अबादी धेरै भएपनि संगठित नभएर जातिय विभेद झनै मौलाएकोले आफुहरु विशुद्ध गैरराजनितिक , विशुद्ध गैरनाफामुलक संगठन निमार्ण गरि सारा चमार समाजलाई एकिकृत हुन समाजका अन्तरराष्टिय अध्यक्ष अमिरी मोचीले अहवान गर्नु भएको छ ।

नेपालका राजनितिक दल , विभिन्न सघंसस्थामा अबद्ध रहेका चमार समाजका सबै अगुवा , सबै पढेलेखेका युवा , दाजुभाई , दिदीबहिनीहरु समेत चमार समाजसगं जाडिनका लागि अध्यक्ष मोचीले आग्रह गर्नु भएको छ ।
चमार समाजका केन्द्रिय अध्यक्ष दिनेश चमारले आर्थिक सहयोग गर्ने , दुखमा साथ दिने चमार कल्याण समाज साउदी अरेविया , मलेसिया , अमेरिका , दुबई , कतार , बहराईन , कुबेत , ओमान , द.कोरिया , युरोप शाखा एवमं भारत शाखालाई समेत विशेष धन्यबाद दिनुभएको केन्द्रिय उपाध्यक्ष ओमप्रकास चमार रामले जानकारी दिए ।