गृहपृष्ठ दलित समुदायलाई राज्यले ब्यवस्थापन नगरेसम्म नेपाल समृद्ध नहुने :- राष्टिय सभा सांसद चमार
दलित समुदायलाई राज्यले ब्यवस्थापन नगरेसम्म नेपाल समृद्ध नहुने :- राष्टिय सभा सांसद चमार

साउदी अरेबिया । नेपाली दलित समुदायहरुको आवाज आफु राष्टिय सभामा बढि प्राथमिकताका साथ उठान गरिरहेको र सारा दलित समुदायहरुलाई राज्यले उच्च सम्मान , अवसर प्रदान गरेमा मात्रै नेपाल समृद्ध हुने राष्टिय सभाका सदस्य राम लखन चमारले बताउनु भयो ।
चमारले विभेद अन्त्यका लागि चमार जातिहरुका युवाहरुले राजनितिक दलहरु लगाएत राज्यलाई दबाव दिनुपर्ने बताउदै जुन राजनितिक दलहरुले पिडकलाई पक्षपोषण गर्नेहरुको विरुद्धमा भण्डाभोर गर्नुपर्ने आग्रह गर्नु भयो । चमार कल्याण समाज राष्टिय समन्वय परिषद साउदी अरेवियाको प्रथम बार्षिक समारोहको अवसरमा आयोजित कार्यक्रममा उहाले सो कुरा बताउनु भएको हो ।

सिडब्लुएस साउदी अरेवियाका महासचिव जगजिवन राम चमारको संचालनमा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका राष्टिय सभा सांसद चमारले स्थानिय निकायको होस वा प्रतिनिधि सभाको चुनावमा सारा चमार जातिहरु आफनै समुदायका उम्मेद्धवारलाई भोट गरि राज्यको नेतृत्वमा पुगाउनका लागि अहवान समेत गर्नु भयो ।
चमार कल्याण समाज साउदी अरेबियाका संयोजक सुरेन्द्र महरा चमारको अध्यक्षतामा भएको कार्यक्रममा पुर्ब प्रमुख जिल्ला अधिकारी सिरहाका प्रदिप राज कडेंलले राजनितिक दलहरुको कारणले गर्दा चमार जातिहरुको एकता कमजोर भएको भन्दै शिक्षाको माध्यमबाट चमार जातिहरुलाई राज्यको निकायमा पुगाउनका लागि सबै चमार अगुवाहरु लाग्नुपर्ने बताउनु भयो । स्थायी घर रौतहट जिल्लाका पुर्ब प्रजिअ कडेंलले आफु दलित समुदायका युवाहरुलाई सदैव सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउदै सारा चमार जातीहरु देशको सेवा गर्नका लागि राज्यले उचित अवसर दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा चमार कल्याण समाज नेपालक केन्द्रिय सदस्य एवमं पिस फर दलित फाउण्डेसन नेपालका अध्यक्ष मनोज राम चमार , समाजका अन्तरराष्टिय संयोजक अमिरी मोची चमार , समाजका सल्लाहकार सेवल राम चमार , रबिदास सेवा समाज कतारका बरिष्ठ सल्लाहकार दिपेन्द्र महरा ,समाजका मलेसिया शाखाका अध्यक्ष नन्दलाल चमार ।, निति अनुसान्धान प्रमुख रामबाबु चमार , बिल्टु महरा चमार , छबिलाल चमार , मलेसिया शाखाका सचिव सुरेश चमार , सदस्य सुरेश चमार , मलेसीय शाखाका कोषाध्यक्ष सुरेन महरा चमार , सदस्य संजिव राम चमार , भिम आर्मी विहार अध्यक्ष दिपक राज चमार , साउदी अरेबीयका संरक्षक फुनफुन राम चमार , समाजका बरिष्ठ सल्लाहार गम्भीरी चमार , साउदी शाखाका सचिव रामबली राम चमार , सल्लाहकार झप्सी महरा ,चमार कल्याण समाज कतार शाखाका अध्यक्ष जगरनाथ चमार चमार कल्याण समाज कुबेत शाखाका अध्यक्ष रन्जित चमार लगाएत सम्पुर्ण शाखाका चमार सदस्यहरुको उपस्थिति रहेको थियो ।
भने कार्यक्रमको स्वागत चमार कल्याण समाज साउदी अरेबियाका नियम तथा अनुसन्धान प्रमुख राम लाल महरा चमारले गर्नु भएको थियो ।