२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ चमार कल्याण समाज साउदी अरेबिया र कतारमा समिति विस्तार

चमार कल्याण समाज साउदी अरेबिया र कतारमा समिति विस्तार

मदन कुमार चमार
काठमाडौ ।
चमार कल्याण समाज साउदी अरेबियाको तदर्थ समिति विस्तार गरिएको छ । अंग्रेजी नया बर्ष २०२१ को अवसर पारेर हिजो शुक्रवार साउदी अरब देशका संयोजक सुरेन्द्र महराको अध्यक्षतामा रियादमा बसेको बैठक अनलाईन बैठकले तर्दथ समितहरु विस्तार गरिएको हो ।

साउदी अरबमा रहेका सारा चमार जातिहरुलाई एकिकृत गरेर चमारहरुको शान, नितान्त पृथक पहिचान र प्रार्थना गर्ने ओठहरू भन्दा, सहयोग गर्ने हातहरू पवित्र र प्रेरणादायी हुन्छन् , विभेदका विरुद्धमा अवाज उठाउन सामुहिक चाहनाले प्रदेशमा चमार जातिहरुको एकतालाई समाजसेवामा बढाउने उद्देश्यले समिति गठन गरिएको अध्यक्ष जितेन्द्र कुमार महरा चमारले जानकारी दिनुभएको छ ।
साउदी अरब देशका संयोजक सुरेन्द्र महरा चमारको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्षमा चनदेश्वर राम, उपाध्यक्ष देवेन्द्र राम , महासचिव जीवन कुमार राम , सचिव दिपक महरा , सह सचिव अनिल राम , कोषाध्यक्ष विजय राम , सहकोषाध्क्ष सिकिन्द्र रामलाई सर्बसम्मतले चयन गरिएको छ भने सदस्यहरुमा लभ कुमार राम, किशोरी महरा ,हिरा लाल राम, फुनफुन राम , नथुनी राम , लक्षिन्द्र राम , सहदेव राम , सहदेव महरा , लकिचन्द्र राम , किसन महरा , राम पुकार राम र नाथु राम हरिजन चमार रहनुभएको छ ।

चमार कल्याण समाज दोहा कतारका प्रतिनिधिहरु

त्यस्तै वरिष्ठ सल्लाहकारमा गम्भीर राम चमार ,सल्लाहकार संजय महरा र सल्लाहकारमा झपसी राम चमारलाई राखिएको महासचिव जिवन कुमार राम चमारले बताउनु भयो ।


उता कतारमा रहेका चमार समुदायहरुको दोहामा भएको अर्को बैठकले सिरहाका उपेन्द्र महरा चमारको अध्यक्षतामा चमार कल्याण समाज कतार तर्दथ समिति गठन गरिएको र कतारमा रहेका सारा चमार जातिहरुलाई समाजको टिममा सहभागिताका लागि अनुरोध गरिएको छ ।

चमार कल्याण समाज नेपालको केन्द्रिय विधान बमोजिम अहिले विश्वभर रहेका चमार जातिहरु संगठित हुन थालेको र केही महिनामा नै नेपालमा अन्तरराष्टिय चमार सम्मलेनका लागि गृहकार्य भैरहेको समाजका आईसिसि अध्यक्ष एवमं अमेरिकाका संयोजक अमिरी मोची चमारले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु