गृहपृष्ठ सिडब्लुएस साउदी अरेबीयाको सहयोगमा सिरहाका किसुनलाई स्वदेश फिर्ता गराईयो..
सिडब्लुएस साउदी अरेबीयाको सहयोगमा सिरहाका किसुनलाई स्वदेश फिर्ता गराईयो..

बैदेशिक रोजगारीको लागि साउदी आएको जिल्ला सिरहा सुखिपुर न. पा. ३ बल्ही घर भएका राम किशुन महरा लाई चमार कल्याण समाज नेपाल राष्ट्रिय समन्वय परिषद साउदी अरब द्वारा हबाई टिकट उपलब्ध गराई नेपाल पठाएका छन।
साउदी मा कार्यरत कम्पनि रेडजोनमा गरेपछि सेलरी न दिएपछी कम्पनि छोडेर बहिर काम गर्ने सिलसिलामा दुर्घटना भई खुट्टा भाचेर सिकिस्त भएका थाहा पाएपछि खाधान्त सहयोग गरेको थियो ।
महराले एगजिट प्रोसेसिङगको लागि दुतावासमा निवेदन दिएर प्रक्रिया पुरा भईसके पछि समाजका संयोजक सुरेन्द्र महरा, अध्यक्ष जितेन्द्र राम, महासचिव जग जिवन राम (जीवन कुमार), कोषाध्यक्ष बिजय महरा, संरक्षक फुनफुन राम, निती नियम बिभाग प्रमुख रामलाल महरा को बिशेष पहल र सम्पूर्ण पदाधिकारीहरुको सहयोगमा मिति 17/08/2022 हबाई टिकट उपलब्ध गराई अलजजीरा एयरलाइन्सबाट नेपाल पठाएका समाजका महासचिव जग जिवन राम (जीवन कुमार) ले जानकारी दिनुभयो।