गृहपृष्ठ चमार कल्याण समाज साउदी अरब शाखाद्धारा सिरहामा आर्थिक सहयोग
चमार कल्याण समाज साउदी अरब शाखाद्धारा सिरहामा आर्थिक सहयोग

सिरहा जिल्लाको गोलबजारका एक गरिब दलित समुदायका युवालाई चमार कल्याण समाजले आर्थिक सहयोग गरेको छ ।
चमार कल्याण समाज नेपालका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्र कुमार महराको नेतृत्वमा गएको टोलीले गोलबजारका २६ बर्षिय युवा संजय कुमार मोची चमारलाई उपचार खर्च र जिवन यापन गर्नका लागि एउटा बाख्राको पाठी हस्तान्तरण गरिएको हो ।
पिडित संजय मोचीको हात र खुट्टा काम नलाग्ने भएको र उहाको घरको अवस्था अत्यन्तै नाजुक रहेको , घरका एउटै सन्तान भएको भनी केही दिन पहिला चमार कल्याण समाज नेपालका केन्द्रिय सदस्य राजेश विद्रोही चमारले समाजिक संजालमा सहयोगका लागि याचना गरेका थिए ।
पिडित संजय मोची केही बर्ष पहिला कतारको क्युविसि कम्पनीमा कार्य गरिरहेका बेला अकस्मात विरामी परेका थिए त्यसपश्चाप्त केही समाजकै प्रतिनिधिहरुको पहलमा स्वदेश झिकाएर औषधी गराईए पनि घाउहरु अझै निको नभएकोले सहयोगको खाचो परेको सदस्य विद्रोहीले आफनो समाजिक संजालमा उल्लेख गरेका छन ।
चमार कल्याण समाज साउदी अरेबियाका संयोजक सुरेन्द्र कुमार महरा एवमं सदस्य किसोरी चमारको नेतृत्वले २० हजार रुपैया हिजो पिडितलाई औषधी उपचार गराउनका लागि पठाएको थियो ।
प्रवासी देश साउदीमा अहिले चमार समुदायका युवाहरु एवमं कार्यकर्ताहरु संगठित हुदै गरिब पिडितहरुलाई सहयोग गर्ने , आफनो समुदायहरुको दुखमा साथ दिने काम गरिरहेको र यस्ता कार्यहरु अगामी दिनमा जोडतोडका साथ गरिने समाजका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्र कुमार महराले प्रतिबद्धता जनाए ।
सहयोग रकम बुझदै पिडितका परिवारले चमार समुदायका अगुवाहरुले गरिरहेको कार्य प्रति खुसि ब्यक्त गरेको चमार कल्याण समाज युवा सघंका केन्द्रिय उपाध्यक्ष सत्त्तो महरा चमारले जानकारी दिए ।
राहत वितरण गर्नका लागि चमार कल्याण समाज नेपालका उपाध्यक्ष उचित महरा , सिरहा जिल्लाका सहसंयोजक अर्जुन महरा , जिल्ला सदस्यहरु जितु महरा सैनी महरा , शिवनरायण महरा निश्चल महरा लगाएतको उपस्थिति रहेको थियो ।
सहयोग रकम हस्तान्तरण गर्नका लागि विशेष अतिथिका रुपमा चमार कल्याण समाजका केन्द्रिय सदस्य एवमं प्रखर बक्ता राजदेव राम चमार विद्रोही लाई अमान्त्रण गरिएको थियो ।