गृहपृष्ठ सिडब्लुएस मलेसिया शाखाद्धारा विजय बाबु चमारलाई विदाई कार्यक्रम सम्पन्न
सिडब्लुएस मलेसिया शाखाद्धारा विजय बाबु चमारलाई विदाई कार्यक्रम सम्पन्न

मलेसिया , प्रवासी चमार जातिहरुको साझा संगठन चमार कल्याण समाज मलेसिया शाखाले आज एक कार्यक्रमको आयोजना गरि बिजय बाबु महरा चमारलाई विदाई गरेको छ । समाजको नियम तथा अनुसन्धान विभागमा रहेर नेपाली समुदायहरुको सहयोग गर्नमा उत्कृष्ट भुमिका खेलेका चमारलाई बिदाई गरिएको हो ।

स्थायि घर बारा जिल्लाको कलैया नगरपालिका बडा न. १६ बस्ने चमार विगत ६ बर्ष ४ महिना देखि विजय बाबु चमार मलेसियामा कार्यरत रहदा नेपाली चमार जाति एवमं अन्य समुदायहरुलाई समेत सहयोग गर्दै आउनुभएको थियो ।
समाजका शाखा अध्यक्ष नन्दलाल राम चमारको अध्यक्षता एवमं समाजकै केन्द्रिय अध्यक्ष दिनेश चमारको प्रमुख अतिथ्यतामा भएको विदाई कार्यक्रममा मलेसिया शाखाका उपाध्यक्ष विनोद राम चमारको छोरा नेपाल सरकारको जनपथ प्रहारीमा नाम निकालेका विक्रम कुमार चमारलाई समेत बधाई ज्ञापन गरिएको महासचिव रामकिसोर मोची चमारले जानकारी दिनुभयो ।

सारा चमार जातिहरुको साझा संगठन चमार कल्याण समाजलाई अगाडी बढाउनका लागि सारा नेपाली चमार जातिहरु एकिकृत भएर आफनो परिवार जस्तै लाग्नुपर्ने समाजका केन्द्रिय अध्यक्ष दिनेश चमारले आग्रह गर्नु भएको थियो ।

अध्यक्ष चमारले चमार समाजले देश विकासका लागि होस वा दैविप्रकोप , वा दुख परेका बेला सदैव महत्वपुर्ण योगदान दिईरहेको बताए ।
समाजका सचिव सुरेश चमार रामको संचालन एवमं निति नियम , एवमं अनुसन्धान विभाग प्रमुख रामबाबु महरा चमारको स्वागतमा भएको कार्यक्रममा कोषाध्यक्ष सरेन महरा चमार , सहसचिव रामपुजन चमार ,सल्लाहकार कमलेश चमार , कार्यसमित सदस्य सरेश चमार , सदस्य एवमं सन्त शिवकुमार चमार , संस्थापक सदस्य रामदयाल चमार ,सदस्य राम ई्रश्वार राम , सस्थापक सदस्य देव नरायण महरा सुबास राम चमार ,नितेश कुमार राम लगाएतले विदाईको शुभकामना दिनुभएको थियो ।
बिदाई लिदै विजय बाबुले आफु मलेसियामा रहदा नेपाली चमार जातिहरुलाई गरेको योगदान र स्वदेश गएर पनि आफनो समुदाय एवमं विभेदको विरुद्धमा एक कदम माथि उठेर बोल्ने एवमं चमार कल्याण समाजका लागि ज्यान समेत दिन हाजिर रहेको प्रतिबद्धता जनाउनु भएको थियो ।