गृहपृष्ठ चमार कल्याण समाज मलेसिया शाखाद्धारा श्रमिक स्वर्गीय रामसकल र विद्यार्थी राम ईश्वर चमारलाई आर्थिक सहयोग
चमार कल्याण समाज मलेसिया शाखाद्धारा श्रमिक स्वर्गीय रामसकल र विद्यार्थी राम ईश्वर चमारलाई आर्थिक सहयोग

जनकपुरधाम , धनुषा । चमार कल्याण समाज मलेसियाको सहयोगमा महोत्तरी जिल्लामा दुई जनालाई आर्थिक सहयोग गरिएको छ । बैदेशिक रोजागरीका क्रममा मलेसियामा मृत्युभएका रामसकल राम चमारको श्रीमति मन्तोरीय देबी चमारलाई लुगा, कपडा सहित २८ हजार पाचं सय रुपैया र जनकपुरमा स्नातक अध्ययन गरिरहेका चमार समाजका विद्यार्थी राम ईश्वर राम चमारलाई दश हजार नगद समाजका केन्द्रिय कोषाध्यक्ष सुरेन्द्र कुमार महरा चमारले हस्तान्तरण गर्नु भएको थियो ।
महोत्तरी जिल्लाको महोत्तरी गाउपालिकाका अग्रज चमार जोगन्द्र राम चमारको अध्यक्षतामा भएको सहयोग कार्यक्रममा राजा , राणाहरुको शासनमा चमार जातिहरुलाई बोल्ने अधिकार नदिएको र अहिले लोतन्त्र गणतन्त्र स्थापना भएपनि अहिले विभेदमा परिनु दुखद भएको चमार कल्याण समाज नेपालका केन्द्रिय सदस्य एवमं चमार समाजका बरिष्ठ लेखक राजदेव चमार ( राजेश विद्रोही)ले बताउनु भएको थियो ।

त्यसकारण अब नेपाल तथा विश्वभरमा रहेका चमार जातिका हरेक घरघरका मानिसहरु चमार कल्याण समाजसगं संगठित भएर विभेदको समाना गर्नुपर्ने विद्रोहीको भनाई रहेको थियो । नेपालमा चमारहरुको जनसंख्या धेरै भएको कारणले मनुबादीहरु १२ जातिहरुमा विभाजन गरेको बहुजन समाज परिषदका अध्यक्ष एवमं समाजका केन्द्रिय सदस्य हरिनन्दन कुमार चमारले बताउनु भयो ।

उहाले मनुबादीहरुको सोचको विरोधमा सारा दलितहरु मध्ये चमार जातिहरु पहिले देखि विरोध गरिरहेको र अब नेपालमा सारा चमारहरु एक भएर विभेदको सामना गर्नुपर्ने आग्रह गर्नु भयो । समाजका केन्द्रिय सदस्य हरिनन्द चमारले चमार कल्याण समाजको पहलले सारा चमारहरुको सुख दुखमा साथ दिदै गैरराजनितिक समाजमा सक्रिय रहेका सारा चमार जातिहरुलाई एकिकृत गर्ने कार्य अत्यन्त सरहनिय भएको बताउनु भएको थियो ।
उहाले चमार जातिहरुको गुरु रबिदासले देखाउनुभएको विभेदे विरुद्धमा अवाजलाई अझै बुलन्द गर्नका लागि सारा नेपाली चमारहरु चमार कल्याण समाजमा आउन अहवान समेत गर्नु भयो । गुरु रबिदासको बाणी सात संगत मिलि रहयो माधो जैसे मधु मखिराको भनाई भन्दै हरिनन्दनले माहुरी जस्तै सारा चमारहरु एकिकृत हुनुपर्ने बताए ।

समाजका केन्द्रिय उपाध्यक्ष ओम प्रकास राम चमारको विशेष उपस्थितिमा चमार कल्याण समाज सिरहाका सदस्य एवमं चमार कलाकार शिवराम महरा चमार ,चमार कल्याण समाज महोत्तरीका जिल्ला सदस्य राजेश्वर राम चमार ,महोत्तरी गाउपालिकाका सुनिल कुमार चमार , राजेश राम चमार ,मुकेश चमार ,नन्दलाल राम ,रन्जित राम , सुरज राम चमार ,उमेश राम चमार ,अनिश राम चमार लगाएतको सहभागिता रहेको थियो ।
साथै चमार कल्याण समाज नेपाल महोत्तरी जिल्लाको लागि सारा चमारहरुको भेला गर्नका लागि विद्यार्थी राम ईश्वर राम चमारलाई जिम्मेवारी दिएको केन्द्रिय उपाध्यक्ष ओम प्रकाश राम चमारले जानकारी दिनुभयो ।

चमार कल्याण समाज मलेसियाले यस अघि गैरदलितद्धारा हत्या गरिएका रौतहटका निरन्जन राम चमार र नेपाली राज्य पक्षबाट हत्या गरिएका विजय राम चमारको परिवारलाई पनि आर्थिक सहयोग गरेको थियो । आफुहरु विदेशमा पसिना बगाएर भएपनि नेपालमा रहेका सारा चमार जातिहरुलाई एकिकृत गरिने मलेसियामा रहेका चमार समाजका प्रतिनिधिहरुले प्रतिज्ञा लिएका छन ।