गृहपृष्ठ चमार कल्याण समाज मलेसियाको विशेष पहलमा सर्लाहीका एक युवाको शव नेपाल पठाईयो
चमार कल्याण समाज मलेसियाको विशेष पहलमा सर्लाहीका एक युवाको शव नेपाल पठाईयो

काठमाडौ , चमार कल्याण समाज मलेसिया शाखाको विशेष पहलमा मलेसियाबाट नेपालको सर्लाही जिल्लामा एक युवकको शव काठमाडौ हिजो पठाएको छ । हाल मलेसियामा कोरोनाको कारण धेरै नै नाजुक स्थिति भएकोले हवाई उडान तेति खासै नभएको हुँदा कतिपय कम्पनीमा कामगर्दा दुर्घटना परेर मृत्यु भएका,झुन्डिएर आत्महत्या गरेका,कोरोना सक्रमित भएर मृत्यु भएका र बाँकी अन्य विभिन्न कारणबाट मृत्यु भएका शवहरु पठाउन निकै समस्या भएको कारण चमार कल्याण समाज मलेसिया शाखाले जिल्ला सर्लाही गाउँपालिका रामनगर खैर्वा वडा नं.०३ मा बस्ने तपेस्वर महरा चमार को नाति विसुनी महरा चमार को छोरा सोनफी महरा चमार मजदुरीको सिलसिलामा क्वालालम्पुर,मलेसियाको FIRST UNITEX TYAPE RETREADING SDN BHD कम्पनीमा विगत आठ (८) वर्ष सम्म रोजगार गर्दै आइरहेको थियो !

ई.स.०६ जुलाई २०२१ का दिन घाटिमा घाउँको प्वालको कारण उनको मृत्यु भयो। निजको घर परिवारमा निकै रुवाबासी र मृतकको मुख हेर्न पाएँ पनि हुन्थ्यो भन्ने पिडाले खेप्नुपरेको हुँदा चमार कल्याण समाज मलेसिया शाखाले मलेसियाका विभिन्न संघ-संस्था साथै नेपाली दूतावास सँग विशेष पहल गरि ई.स.३१ जुलाई २०२१ का दिन क्वालालम्पुर,मलेसियाबाट काठमाडौं,नेपालमा मृतकको शव पठाउन सफल भएको छ साथै काठमाडौंबाट घर जिल्ला सर्लाही गाउँपालिका रामनगर खैर्वा वडा नं.०३ सम्म निजको शव पठाउने प्रवन्ध पनि मिलाई दियो ।
चमार कल्याण समाज मलेसिया शाखाले देश(विदेश देखि लिएर स्वदेश सम्मका देश तथा समाज मुलक कार्यहरु गर्दै आइरहेका छन। समाजमा बितेका छुवाछूत,बालविवाह,बोक्सी भनेर अपहेल्ना गर्ने,गल्ती बिना नै सजाय दिने,दक्ष(क्षमता भएर पनि अगाडि बढन नदिने जस्ता अनेकौं समस्याहरुको कानुनी,समाजिक,राजनैतिक र आर्थिक रुपले न्याय दिलाउन कहिले पछि नपर्ने समाजका महासचिव रामकिसोर मोची चमारले बताए ।
प्रवासमा रहेका नेपाली चमार एवमं अन्य नेपाली समुदायहरुको समस्याका बारेमा आफुहरु जहिले पनि अग्र पत्तिंमा रहेर उद्दार गर्न होस वा काम दिलाउनका लागि पहल जारी राखेको समाजका निति ,नियम एवमं अनुसन्धान विभाग प्रमुख रामबाबु महरा चमारले बताए । समाज मलेसियामा स्थापना भएको एक बर्ष भित्र धेरै महात्वपुर्ण कार्यहरु गरिरहेको सह संयोजक विनोद राम चमारले जानकारी दिनुभयो । विदेशमा बसेका नेपाली चमार जातिहरुको सुख दुखमा साथ दिनका लागि चमार कल्याण समाज मलेसिया शाखाका सबै पदाधिकारीहरु लागि पारेको शाखाका संयोजक नन्दलाल राम चमारले बताउनु भयो ।
चमार कल्याण समाज मलेसिया शाखा एवं नेपालमा रहेका दुखिहरुको सहयोग गर्नका लागि सचिव सुरेश राम चमार , कोषाध्यक्ष सुरेन महरा चमार , सहसचिव पुजन राम चमार , सदस्यहरु गर्भु चमार , अमरजित चमार , दिपु चमार लगाएत सल्लाहकार भोगेन्द्र रामचमार लगाएतले सबै टिम अग्रपत्तिंमा लागि परेको संयोजक नन्दलालले बताए ।