२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ चमार कल्याण समाज मलेसियाद्वारा संस्थापक सदस्य सुभाष रामको विदाई समारोह सम्पन्न

चमार कल्याण समाज मलेसियाद्वारा संस्थापक सदस्य सुभाष रामको विदाई समारोह सम्पन्न

प्रवासी चमार जातिहरुको साझा संगठन चमार कल्याण समाज मलेसिया शाखाले आज एक कार्यक्रमको आयोजना गरि सुभाष राम चमारलाई विदाई गरेको छ । चमार कल्याण समाज मलेसिया शाखा को जिल्ला ईन्चार्ज मा रहेर नेपाली समुदायहरुको सहयोग गर्नमा उत्कृष्ट भुमिका खेलेका चमारलाई बिदाई गरिएको हो ।

स्थायि घर रौतहट जिल्लाको चन्द्र पुर नगरपालिका बालचनपुर बलुवा बस्ने चमार विगत 2-3 बर्ष देखि सुभाष राम चमार मलेसियामा कार्यरत रहदा नेपाली चमार जाति एवमं अन्य समुदायहरुलाई समेत सहयोग गर्दै आउनुभएको थियो ।

जिल्ला इन्चार्ज सुभाष राम यहि आउदो जनवरी 26 तारिक आफनो जन्मभूमि नेपाल गईरहेको हुनाले आज आईतवार विदाई कार्यक्रमको आयोजना गरिएको थियोे । समाजका शाखा अध्यक्ष नन्दलाल राम चमारको अध्यक्षतामा भएको विदाई कार्यक्रममा मलेसिया शाखाका महासचिव रामकिशोर मोची चमार ।

सारा चमार जातिहरुको साझा संगठन चमार कल्याण समाजलाई अगाडी बढाउनका लागि सारा नेपाली चमार जातिहरु एकिकृत भएर आफनो परिवार जस्तै लाग्नुपर्ने समाजका महासचिव चमारले चमार समाजले देश विकासका लागि होस वा दैविप्रकोप , वा दुख परेका बेला सदैव महत्वपुर्ण योगदान दिईरहेको बताए ।विदाई दिदै मलेसिया शाखा का संयोजक नन्दलाल राम ले नेपालको सबै जिल्लामा चमार कल्याण समाज जिल्ला देखि नगरपालिका र वडा स्तरमा चमार कल्याण समाज गठन गर्नको लागि अपिल पनि गरिएको छ।

चमार कल्याण समाज मलेसिया शाखा जिल्ला इन्चार्ज नितेश कुमार राम विदाईको शुभकामना दिदै शिक्षा मा विषेश जोड दिनु पर्छ आफनो भनाई राखनु भएको थियो सं संयोजक विनोद महरा चमार को संचालन एवमं सुचना प्रकाशन प्रमुख देवनारायण महरा चमारको स्वागतमा भएको कार्यक्रममा नियम तथा अनुसन्धान विभा प्रमुख रामवावु महरा ,ले बिदाई दिदै मलेसियामा चमार सामुदायहरु लाई केही आफत विपत परेको बेला मलेसिया शाखाले सहयोग गर्दै आईरहेको र साथै चमार कल्याण मलेसिया शाखा मा सम्पर्क गर्न को लागि अपिल गरिएको छ । सं संयोजक विनोद राम , सहसचिव रामपुजन चमार ,वरिष्ठ सल्लाहकार भोगेन्द्र महरा , कमलेश चमार ,गरभु राम कार्यसमित सदस्य सुरेश चमार , सदस्य एवमं स सल्लाहकार सन्त शिवकुमार चमार , संस्थापक सदस्य रामदयाल चमार ,सदस्य राम ई्रश्वार राम , सस्थापक सदस्य देव नरायण महरा सुबास राम चमार , अमरजित राम नितेश कुमार राम सनोज कुमार राम , रामकुमार राम सिकेन्द्र राम, रघुनाथ महरा चमार , भुलावन महरा ,राम सुरेश , लक्षमन राम , शाखा का सचिव सुरेश राम ले विदाईको शुभकामना दिदै अहिले 21 अौ शताब्दी मा पनि जतिय विभेद अंन्त भएको छैन ,।

अब चमार सामुदयहरु ले एकजुट भएर अगिडी बढनुपर्छ । विषेश जोड दिनु भएको थियो। मलेसिया शाखा का कोषाध्यक्ष ले बिदाई दिदै मलेसिया मा चमार सामुदायहरुलाई आफत विपत वा समस्या मा परेको बेला हामिहरुले सधै सहयोग गर्दै आईरहेको र अझ चमार कल्याण मलेसिया शाखा लाई बलियो बनाउँछु भन्ने शाखा का पदअधकारीहरु र सदस्य हरु लगाएतले विदाईको शुभकामना दिनुभएको थियो ।

बिदाई लिदै लिदै जिल्ला इन्चार्ज सुभाष राम चमारले आफु मलेसियामा रहदा नेपाली चमार जातिहरुलाई गरेको योगदान र स्वदेश गएर पनि आफनो समुदाय एवमं विभेदको विरुद्धमा एक कदम माथि उठेर बोल्ने एवमं चमार कल्याण समाजका लागि आफनै जिल्ला , गाउँ , नगरपालिका लगाय चमार गठनको छलफल गरेर चमार सामुदायहरुलाई एककृत गर्ने गर्छु भन्ने सुभाष राम चमारले आफनो मन्तव्य जनाउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु