२०८० जेठ २२ गत सोमवार | June 05, 2023

गृहपृष्ठ चमार कल्याण समाज मलेसिया शाखाको नेतृत्वमा विभिन्न ठाउमा आर्थिक सहयोग तथा संगठन विस्तार

चमार कल्याण समाज मलेसिया शाखाको नेतृत्वमा विभिन्न ठाउमा आर्थिक सहयोग तथा संगठन विस्तार

पैसा भगवान त होईन , तर भगवान भन्दा कम पनि होईन पिछडिएका वा भनौ पछि पारिएको स्वजाति ” चमार जाति ” उत्थानका लागि समाजका चेतनशील व्यक्तित्वहरुको जत्थाले संचालन गर्नुभएको समाजिक संस्था ” चमार कल्याण समाज नेपाल ” का मलेशिया शाखाले रु. ७०१५१ /- राकेश राम चमार बचाउ अभियानमा सहयोग प्राप्त भएक‍ो छ ।

संस्थाका सम्पुर्ण दानवीर दाता महानभाव लाई सहृदय धन्यवाद हाथ खुट्टा नचल्ने खालको रोगबाट पिडित महोतरी जिल्लाका बलबा नगरपालिका वडा नं १० पिडित राकेश राम चमारलाई चमार कल्याण समाज नेपाल मलेसिया शाखा ले आज शनिवार आर्थिक सहयोग गरेका छन ।

केही बर्ष पहिला बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका राकेश राम चमारलाई मलेसियामा अचानक विरामी हुदा उनको स्वास्थ अवस्था दिन प्रतिदिन जटिल भएपछि काम गर्न नसकेपछि स्वदेश फर्किएर हाल काठमाडौको सिभिल अस्पतालमा काठमाडौंमा उपचाररत रहेका छन राकेश रामको आर्थिक अवस्था एकदमै नाजुक भएकोले उनको आफन्त वा परिवारले राकेश रामलाई बचाईदिनको लागि चमार कल्याण समाज मलेसिया शाखालाई आग्रह गरेका थिए ।

जानकारी लगत्तै चमार कल्याण समाज नेपाल को केन्द्रीय बरिस्ठ सल्लाहकार सेवल महरा र केन्द्रीय सदस्य संगिता कुमारी राम ज्यु ले वहाँलाई प्रत्येक्ष रुपमा भेटेर वहाँ को स्वास्थ अवस्था बारे बुझन जानू भएको थियो । लगत्तै मलेसिया शाखाले ज्यान बचाउ अभियान चलाएको थियो । एउटा मानवको हैसियतले दु:ख तथा पिडामा साथ सहयोग गर्नु मानव धर्म हो भने हेतुले आज भदौ २५ सनिवार का दिन नेपाली रु ७०१५१ /- मलेसिया शाखाद्वारा आर्थिक सहयोग गर्यो । सहयोग कार्यक्रममा चमार कल्याण समाज नेपालको केन्द्रिय समितिको तर्फबाट बरिष्ठ सल्लाहकार सेवल चमार , मलेसिया शाखाका केन्द्रिय सचिव सुरेश राम र सोही गाउँ को प्रगास महरा , जितेन्द्र महरा , नथुनि महरा रगिनि देवी राम , दिपक राम , पल्टन महरा, महेश महरा लगायत चमार सामुदायहरु को अगुवाहरु बुद्धिजीवी हरुको उपस्थिति थयो ।

आर्थिक सहयोग कार्यक्रम मै चमार संगठन नगर स्तरिय गठन भएको र अध्यक्ष मा :- प्रगास महरा , उपाध्यक्षमा नथुनि चमार , सचिव मा जितेन्द्र महरा कोषाध्यक्षमा रगिनि देवी राम सदस्य मा पल्टन महरा गरि १५ सदस्य समिति गठन गर्यो । चमार कल्याण समाज नेपाल को केन्द्रीय बरिस्ठ सल्लाहकार सेवल महरा ले जानकारी दिनु भएको छ । कार्यक्रम निथुनि महराको अध्यक्ष्ामा सम्पन्न भएको । मलेसिया शाखा का सचिव सुरेश राम चमार ले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु