२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ सिडब्लुएस नेपालको धार्मिक संगठन रबिदास सेवा समाजद्धारा महोत्तरी र सिरहामा सहयोग वितरण

सिडब्लुएस नेपालको धार्मिक संगठन रबिदास सेवा समाजद्धारा महोत्तरी र सिरहामा सहयोग वितरण

जनकपुरधाम , धनुषा
चमार कल्याण समाज नेपालको धार्मिक संगठन रबिदास सेवा समाज कतार शाखाले आज सिरहा जिल्ला गत बुधवार महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाका एक किडनी फेल युवालाई आर्थिक सहयोग गरेको छ ।

चमार कल्याण समाज नेपालको नेपालमा चमार जातिहरुलाई एकिकृत गर्ने , जातिय विभेदका विरुद्धमा अवाज उठाउने ,चमार जातिमा रहेका गरिब , खाना नपाएकाहरुलाई थोरै हदसम्म पेट भर्ने अभियान अन्र्तगत बदिृबासका सुरेस राम चमारलाई लगभग ५० हजार ५०० रुपैया आर्थिक सहयोग गरिएको कतारका सहसंयोजक किर्ते महरा चमारले जानकारी दिनुभएको छ ।

महराका अनुसार जिल्लाको बर्दिबास वडा नं ९ बस्ने सुरेस महराको दुबै किडनी काम गर्न छोडेको बताए । महरा काठमाण्डुको वीर अस्पतालमा उपचार गराउदा उहाको किडनी फेल भएको जानकारी गराएका थिए।

अहिले उहाँ जनकपुरमा डाइलोसी गराइरहेको छ। पिडित महराको अवाज चमार कल्याण समाज नेपालको धार्मिक संगठन कतारको रविदास समाज सेवाले सुनी पिडित परिवारलाइ नगद रु ३१ हजार सहयोग गरेका छ्न। त्यसमा गाउका अन्य समाजसेबीहरु मिलेर ५० हजार ५०० रुपैया नगद पगाएर सहयोग गरिएको थियो ।

उता आज शनिवार सिरहा जिल्लाको गोलबजार नगरपालिकाका रामउदगार महरालाई पनि रविदास सेवा समाज कतारको टिमले खाद्यान्न सहयोग गरेको छ । गोलबजार नगरपालिकामा रहेका उदगारको परिवार अत्यन्त गरिब , त्यसमा पनि आपसी विवादमा परेर टाउको फुटेको र निको हुना समय लागेकोले थोरै भएपनि खाद्यान्न सहयोग गरिएको हो ।

सिरहाका रामउदगार महरालाई खाद्यान्न वितरण गरिदै

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु