गृहपृष्ठ नेपालमा चमार जातिहरुको आवस्था अत्यन्त नाजुक मोडमा :- राष्टिय सभा सांसद चमार
नेपालमा चमार जातिहरुको आवस्था अत्यन्त नाजुक मोडमा :- राष्टिय सभा सांसद चमार

काठमाडौ
नेपालमा चमार जातिहरुको अवस्था अत्यन्त नाजुक स्थीतिमा रहेको राष्टिय सभाका सांसद राम लखन चमारले बताउनु भएको छ । चमार कल्याण समाज मलेसिया शाखाको आज पहिलो बार्षिक उत्सवको अवसरमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा नेपाली राज्य सत्ताले नै चमार जातिहरुलाई विभेद गरिरहेको बताउनुभयो ।
सांसद चमारले मधेशी दलितहरुलाई जहिले पनि सबै राजनितिक दलहरुले विभेद गरिरहेको , राज्यले पनि विभेद गरिरहेको , समाजिक रुपमा विभेद ब्यप्त रहेकोले अब सारा चमार जातिहरु एकिकृत हुनुपर्ने बेला आएको बताउनु भयो । नेपालको नवलपरासी जिल्लामा चमार जातिका युवालाई गैरदलितहरुले कुटपिट गर्दा समेत नेपाल प्रहरीका एसपि मधेशकै उच्च जातिको भएकै कारणले चमार जातिका युवाले न्याय नपाएको भन्दै सबै चमारहरु अब यस घटनाको विषयमा आवाज उठाउन सबे चमार जातिहरुले लाग्नुपर्ने आग्रह गर्नु भयो ।

चमार कल्याण समाज मलेसिया शाखाका संयोजक नन्दलाल राम चमारको अध्यक्षता एवमं समाजको केन्द्रिय अध्यक्ष दिनेश चमारको प्रमुख अतिथ्यता , समाजकै आईसिसि संयोजक अमिरी मोचीको विशिष्ठ अतिथ्यतामा भएको कार्यक्रममा मलेसिया शाखाले गरेका कार्यहरु, आर्थिक प्रतिबेदनहरु एवमं सांगठनिक प्रतिबेदनहरु प्रस्तुत गरिएका थियो ।
समाजका नियम तथा अनुसन्धान विभाग प्रमुख रामबाबु महराको संचालनमा भएको कार्यक्रममा समाजका सबै पदाधिकारहरुको उपस्थिति रहेको थियो । महासचिव रामकिसोर मोचीका अनुसार मलेसिया हाल सम्म चमार जातिका एक सय ३ जना सदस्यहरु रहेको र यो क्रम संख्या बढिरहेको भन्दै समाजसगं जुडनका लागि सबै चमार जातिहरुमा आग्रह गर्नु भयो ।
कार्यक्रममा कोषाध्यक्ष सुरेन महरा , सचिव सुरेश राम , सह सचिव पुजन कुमार चमार , सहसंयोजक विनोद राम , सक्रिय कार्यकर्ता सुबास चमार , गर्भु चमार , चमार बुद्धजिवि एवम चमार समाज मलेसिया शाखाका सदस्य दिपु कुमार चमार , सल्लाहकार भोगेन्द्र महरा , अमरजित महरा , देव नरायण चमार , सल्लाहकार संजय राम चमार , कमलेश चमार , सन्त शिव कुमार चमार ,शंकर चमार , रामबाबु महरा लगाएतले शुभकामना राखेका थिए ।