गृहपृष्ठ चमार कल्याण समाजद्धारा सप्तरी , महोत्तरी र धनुषामा विभिन्न सहयोग
चमार कल्याण समाजद्धारा सप्तरी , महोत्तरी र धनुषामा विभिन्न सहयोग

नेपाली चमार जातिहरुको साझा संगठन चमार कल्याण समाज राष्टिय समन्वय परिषद साउदीको आर्थिक सहयोगमा सप्तरी , महोत्तरी र धनुषामा गरि छुट्टा छुट्टै आर्थिक सहयोग गरिएको छ । सप्तरी जिल्लामा चमार जातिहरुबाटै पहिलो प्रसासकीय अधिकृत किसोर राम चमारको प्रमुख आतिथ्यतामा सप्तरी कनचनरुप न. पा. ०७ गोरपार बस्ने भबी राम को छोरी रिना कुमारी राम लाई आर्थिक समृद्धी हुने उद्देश्यले सिलाई मेसिन हस्तान्तर गरिएको छ। स्थानिय राम कल्याण समाजको सहकार्यमा गरिएको कार्यक्रममा प्रसासकीय अधिकृत किसोर राम चमार , जिल्ला प्रशासन कार्यालय सप्तरी मुद्दा दर्ता फाँटका संजय कुमार राम चमार लगाएतले आफ्नै समुदायको युवाहरु बिदेशमा पसिना बगाएर कमाको पैसा बाट पाचं दश रुपैया जम्मा गरी नेपालमा गरिब, दुःखी, असहाय लाई सहयोग गरी एकदमै सराहनीय कार्यहरु गरिरहेको बताउनुभएको थियो ।

उता समाजले महोत्तरी जिल्लाको महोत्तरी गा. पा. ०६ गोरगमा बस्ने राम खेलैन को छोरा स्व. कौशल किशोर महरा को श्रीमती आशा देबी महरालाई श्रीमान् बिते पश्चात घर खर्च र दुईटा छोरीहरूलाई पढाउन समस्या भईरहेको हुनाले आर्थिक समृद्धि हुने उद्देश्यले समाज साउदीका कोषाध्यक्ष बिजय महराको हातबाट सिलाई मेसिन हस्तान्तर गरी सहयोग गरिएको हो । चमार कल्याण समाज नेपाल महोत्तरीका स्वयमंसेवक लक्ष्मण राम चमार , स्थानिय महोत्तरी टुडे दैनिकका कार्यकारी सम्पादक धमेन्द्र यादव लगाएतको उपस्थितिमा सो सहयोग गरिएको छ ।

यस्तै चमार कल्याण समाज साउदी अरेवियाका निति नियम एवमं अनुसन्धान विभाग प्रमुख रामलाल महरा चमारको विशेष आर्थिक सहयोगमा धनुषा जिल्लाको गनेशमान चारनाथ नगरपालिकाको वार्ड न। ३ भरतपुरमा शैक्षिक समाग्रीहरु वितरण गरिएको छ ।