२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ चमार कल्याण समाज साउदी शाखाद्धारा रौतहट जिल्लामा दुई जनाको परिवारलाई सहयोग

चमार कल्याण समाज साउदी शाखाद्धारा रौतहट जिल्लामा दुई जनाको परिवारलाई सहयोग

रौतहट जिल्लामा गैरदलितहरु द्धारा हत्या गरिएका निरन्जन रामको परिवारलाई आर्थिक एवमं खद्यान्न सहयोग गरिएको छ । चमार कल्याण समाज साउदी अरेविया शाखाको आर्थिक सहयोग एवमं चमार कल्याण समाज नेपाल रौतहट जिल्ला कार्यसमितिको आयोजनामा सो सहयोग गरिएको हो ।

केही महिना पहिला रौतहट जिल्लाको गरुडा नगरपालिका वडा न. ८ जिगडिया टोलका नन्दलाल चमारको छोरालाई सोही ठाउ बस्ने गैरदलितहरुले सामुहीक रुपमा हत्या गरिएपछि आर्थिक स्थिति अत्यन्तै नाजुक रहेको भन्दै चमार कल्याण समाज जिल्ला शाखा रौतहटको सिफारिसमा स्वर्गीय निरन्जन राम चमारको परिवारलाई सहयोग गरिएको जिल्ला प्रवक्ता पुनित राम चमारले जानकारी दिनुभयो ।

प्रवक्ता चमारका अनुसार स्वर्गीय निरन्जन चमारको हत्याराहरुलाई नेपाली राज्य सत्ताले अहिले सम्म कुनै पनि कारवाही नगरेको , घरको एक्लो कमाउने मान्छे भएको , बुढो बुवाआमा केही पनि काम गर्न नसकिने अवस्था रहेको बताउनु भयो ।

नेपाली राज्यले स्वर्गीय निरन्जनको हत्याराहरुलाई कारवाही पनि नगरेको र राज्यले दिनुपर्ने क्षतिपुति समेत नपाएर सारा चमार समाज नै अत्यन्त दुखि भएको भन्दै सबै अधिकारकर्मीहरु आफुहरुको अवाजलाई बलन्द गर्नका गर्नुपर्ने चमार कल्याण समाज नेपाल जिल्ला अध्यक्ष सोनेलाल चमारले आग्रह गर्नु भयो ।

किडनी पिडित परिवारलाई जिल्ला प्रवक्ता पुनित रामचमार , जिल्ला अध्यक्ष सोनेलाल एवमं गाउका सज्जनहरुको रोहबरमा सहयोग गर्दै

यस्तै चमार जातिकै अर्का किडनी फेल भएका एक युवालाई पनि चमार कल्याण समाजले आर्थिक एवमं खाद्यान्न सहयोग गरेको छ । रौतटह जिल्लाकै परोहा नगरपालिका वडा न. घ् तेजा पाकड गाऊका सरोहा राम चमारको छोरा विनोद चमारको किडनी फेल भएको , आफनै घर समेत नानुज रहेको भन्दै उहालाई पनि सहयोग गरिएको समाजका जिल्ला अध्यक्ष सोनेलाल चमारले जानकारी दिनुभयो ।

अध्यक्ष चमारका अनुसार दुबै परिवारलाई साउदी अरेविया शाखाबाट पठाएको आर्थिक सहयोगबाट दुई हजार पाच सय नगद , ५० किलो चमाल , आलु ५ किलो , साबुन एक दर्जन , तेल दुई किलो , नुन दुईकिलो , कपडा धुने साबुन सरफ , र प्याज सहयोग गरिएको बताउनु भयो ।

साथै विदेशमा रहेका नेपाली चमार युवाहरुले अत्ति कठिन परिश्रम गर्दै चमार जातिहरुलाई एकिकृत गर्दै चमार कल्याण समाज साउदी अरब , कतार , कुवेत , युरोप , अमेरिका लगाएत देशहरुमा संगठित भएर दुखिहरुलाई सहयोग गर्नुभएकोमा सबैलाई विशेष धन्यबाद पिडित परिवारहरुले दिएका छन ।
चमार कल्याण समाज साउदी अरेविया शाखाका संयोजक सुरेन्द्र महरा चमार एवमं महासचिव जिवन कुमार राम चमारले आफुहरु साउदी देशमा रहेका सारा चमार जातिका श्रमिकहरुलाइक्षर्् चमार कल्याण समाज शाखामा समाहित गर्नका लागि लागी परेको भन्दै सारा उत्पीडित चमारहरुको अधिकारका लागि समेत आफुहरु अवाज बुलन्द गरिरहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु