२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ साईप्रसमा फेरि एक श्रमिक महिलाको समुन्द्रमा डुबेर निधन

साईप्रसमा फेरि एक श्रमिक महिलाको समुन्द्रमा डुबेर निधन

साईप्रस , युरोप । युरोपियन देश साईप्रसमा गत मगंलवार फेरि एक नेपाली श्रमिक महिलाको मृत्यु भएको छ । स्थायि घर नेपालको झापा जिल्लाको दमक नगरपालिका वडा न. ३ ढुकुरपानी गाऊकी ३८ बर्षिय प्रेमा पौडेलको मृत्यु भएको साईप्रस प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गत मगंलवार लार्नकाको कालाभासोस (जिगि) एरियामा समुन्द्रमा मरेको अबस्थामा शब भेटिएको बताएको छ । मृतक पौडेलको शब पोस्ट्माट्मको लागि निकोसिया स्थित जेनेरल हस्पिटलमा राखिएको छ ।

यता मृतक पौडेलको शवको पोष्टमाट्म रिर्पोट आएपछि परिवारहरुको सल्लाहका शवलाई साईप्रसको कानुनी प्रक्रिया पुगाएर शवलाई नेपाल पठाईने साईप्रसका लागि नेपाली कन्सुलर डा. राम जिवन पन्जियारले जानकारी दिनुभयो । मृतक पौडेल विगत पाचं बर्ष देखि साईप्रसमा हाउसमेडमा कार्यरत रहनुभएको थियो ।

डा. पन्जियारका अनुसार गत शुक्रवार मात्रै सोलुखुम्बु जिल्लाकी कान्छि माया शेर्पाको अकास्मीक निधन भएको र फेरि अर्को घटनाले आफु लगाएत सारा नेपाली समुदाय दुखि भएको बताउनु भयो । साईप्रसमा यसरी एक पछि अर्को घटनाले नेपाली समुदायहरु लाई दुखि बनाएको कारणले यसका बारेमा नेपाली राजदुतावास , नेपाल सरकार , साईप्रस सरकारले समयमै केही उचित कदम चालेर समस्याको समाधान गर्नुपर्ने गैरआवासीय नेपाली सघं साईप्रसका पुर्ब सचिव पुरन मगरले सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु