२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ साईप्रसमा एक नेपाली विद्यार्थीद्धारा आत्महत्या

साईप्रसमा एक नेपाली विद्यार्थीद्धारा आत्महत्या

युरोपियन देश साईप्रसमा अध्ययनको सिलसिलामा आएका एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन । साईप्रसको राजधानी निकाोसिया सहरको सिटीयुनिटि कलेजमा अध्यानरत स्थायि घर कस्की जिल्लाको पोखरा वडा न. १४ धर्मस्थलि बस्ने २१ बर्षिय रोशन अधिकारीले आत्म हत्या गरेको साईप्रस प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधवार मृतक रोशन अधिकारी निकोसिया सहरको ईपामोनोन्दा २ फ्ल्याट स्ट्रोभोलस एरियामा रहेको आफनै कोठामा आत्महत्या गरेको रिपोर्टमा उल्लेख गरेको छ । गत बर्षको अक्टोबर २०१९मा आफनो बुवाको आखाको उपचार गर्ने , आमा तरकारी बेच्ने काम बन्द गराउने लगाएत युरोपमा पढेर होटलको म्यनेजर बन्ने सपनाका साथ साईप्रस पढन आएको मृतक रोशनका काकाका छोरा दाजु विकास अधिकारीले बताए ।

उनका दाजु विकासका अनुसार गत बर्ष आफुहरु सगंै साईप्रस ठुलो सपना बोकेर आएको , सगैं बसेर पढने , काम गर्ने , आमा बुवाले गर्दै आउनु भएको कामलाई विस्थापित गरेर राम्रो जिवन जिउने भनी आएको टेलिफेन बार्तामा सुनाए । अधिकारीले भन्नु भयो ..

भाईले केही दिन पहिला कलेज गएको थियो रजिस्ट्रेशनका लागि तर कलेजले पैसा भए मात्रै भर्ना गर्ने र भिषा लगाउने जस्तो कुरा भाईले गरेको थियो , नेपालमा आमा तरकारी बेचेर गुजारा चलाउनु हुन्छ , बुवा दुबै आखाले देख्नु हुन्न, सानो भाई अहिले पढिरहेको छ ..आदी कुराहरु सुनाउथ्यो ।

विकास अगाडी पनि थपे ..भाई रोशनले लकडाउनमा काम नगरेको भएपनि खर्चहरु आफुहरु दिदै आउको बताए । मेरो भाई राम्रै थियो त्यस्तो केही समस्या थिएन् , तर कहिले कहि कलेज शुल्कको लागि चिन्ता लिने गरेको रोशनका दाजुले बताए ।

मृतक रोशनको काकाका छोरा सुर्य निकोसियाकै एउटा कुखुरा फार्ममा महिनाको ५ सय युरो , दाजु विकास लर्नाकाको एउटा बाख्रा फार्ममा महिनाको ३५० युरोमा पार्ट टाईम काम गरिरहेका थिए भने रोशन आफनो घरमा एक्लै बसेको बेला आत्महत्या गरेको सुनेर आफु अत्यन्त दुखि भएको सुर्यले बताए ।

यता मृतक रोशन अधिकारी हिम्मत नहार्ने होनहार विद्यार्थी भएको तर आत्महत्याले गर्दा सारा नेपाली समाजको मन रुवाएको गैरआवासीय नेपाली सघं साईप्रसका  महासचिव कृप थापाले बताए ।

महासचिव थापाका अनुसार मृतक रोशनले आत्महत्या गरेको हुनाले उहाको शवलाई नेपाल पठाउन केही समय लाग्ने भएकोले नेपाली राजदुतावास ईजरायल र नेपाली कन्सुलेट साईप्रस तथा मृतकको परिवारसगं समन्वय भैरहेको जानकारी दिए । साईप्रसमा पछिल्लो समय हरेक महिनामा केही न केही नेपालीहरु माथि आपत विपत परिरहेकोले नेपाल सरकार , सम्बन्धित निकायहरुले साईप्रसमा रहेका नेपालीहरुको अवस्था , समास्याका बारेमा समयमै समाधान नगरे आउने दिनमा अझै नराम्रो हुने महासचिव थापाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु