२०७९ चैत १८ गत शनिवार | April 01, 2023

गृहपृष्ठ साईप्रसमा एक नेपाली महिलाद्वारा आत्महत्या

साईप्रसमा एक नेपाली महिलाद्वारा आत्महत्या

साईप्रसमा एक नेपाली महिलाले आत्महत्या गरेकी छिन्। नेपाल काभ्रे घर भई १४ महिना अगाडी साईप्रसमा घरेलु कामदारमा आएकी मनिता तमागंले आत्महत्या गरेको स्थानिय लार्नाका जिल्ला प्रहरी कार्यलयको पुलिसले जनाएको छ।

हिजो आइतबार लार्नाका जिल्ला अन्तर्गत पर्ने पेरबोलियामा ज्यान लिएको बताइएको छ। प्रहरीले मुचुल्का उठाई यस विसयमा अनुसन्धान सुरु गरेको छ।

मृतक काभ्रे घर भै लार्नाका मा कार्यरत थिइन्। आफ्नै ज्यान लिनु पर्ने कारण पारिवारिक समस्या हुन सक्ने अनुमान गरिएको छ।

यता गैरआवासीय नेपाली सघ. साईप्रसले घटनाको पुरा विवरण प्राप्त भईनसकेकोले सबै नेपाली समुदाय रउहाको परिवारले धैर्यधारण गरेर बस्नआग्रह गरेको छ।

सघंले साईप्रसमा एक पछि अर्को घटना भैरहेकोमा अत्यन्त दुख ब्यक्त गर्दै सबै नेपाली समुदाय एकिकृत भएर बस्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु