गृहपृष्ठ युरोपेली मुलुक साइप्रसमा देलखा जिल्लाकी २३ बर्षिय नेपाली युवतीद्वारा आत्महत्या
युरोपेली मुलुक साइप्रसमा देलखा जिल्लाकी २३ बर्षिय नेपाली युवतीद्वारा आत्महत्या

साईप्रस देशको लार्नाका सहरमा २३ बर्षिय एक नेपाली युवतीले आईतवार राति अत्महत्या गरेकी छिन । नेपालको दोलखा जिल्लाको गौरीशंकर गाउपालिका वडा न. ८ खरे घर भएकी हाल साईप्रसमा घरेलु कामदारको रुपमा कार्यरत २३ बर्षिय शुक्री तमागंले आत्महत्या गरेको प्रहरीलाई उधृत गर्दै गैरआवासीय नेपाली सघं साईप्रसले जनाएको छ ।
मृतक तमागं २०१९ साल अक्टोबर महिनामा नेपालको काठमाडौ ईन्टरनेशनल मेनपावरबाट साईप्रसको लार्नाका सहरमा घरेलु कामदारको रुपमा काम गर्न आएकी होनरी कन्सुलेट साईप्रसका प्रमुख डा. रामजिवन पन्जियरले जानकारी दिएका छन । मृतक तमागंको शव उहाकै परिवारको सल्लाह अनुसार स्वदेश पठाउने डा. पन्जियरले बताए ।
आत्महत्याको कारण
प्राप्त जानकारी अनुसार मृतक युवती वैवाहिक सम्बन्ध मा बाधिएको एक वर्ष नपुग्दै २०१९ अगस्टमा साइप्रसमा आएकी थिइन् । श्रीमान सुबिन तामाङ नेपालमा ड्राइभरको पेशामा थिए । हिजो आइतबार एक दुर्घटनामा श्रीमानको मृत्यु भएको खबर पाएपछि सोही रातमा आत्महत्या गरेको बताइएको छ । मृतक युवतिले टिकटक भिडियोमा श्रीमानको दुर्घटनाको भिडियो आफ्ना आमा बुबा सासू ससुरा सङ माफी याचना गर्दै आफू पनि आफ्नो “मुटु” संगै जान लागेको उल्लेख गरेकी थिईन ।