गृहपृष्ठ दारी ग्याङकाे सातौं वार्षिकोत्सब तथा राष्ट्रिय सम्मेलन सम्पन्न, सिग्देलकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन
दारी ग्याङकाे सातौं वार्षिकोत्सब तथा राष्ट्रिय सम्मेलन सम्पन्न, सिग्देलकाे अध्यक्षतामा नयाँ नेतृत्व चयन

बुटवल । दारी ग्याङले रुपन्देहीकाे बुटवलमा राष्ट्रिय सम्मेलन गरि नयाँ नेतृत्व चयन गरेकाे छ । फागुन ६ र ७ गते बुटवलमा भएकाे अधिवेशननले दीपेश सिग्देलकाे अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे हाे ।
समितिकाे उपाध्यक्षमा जगदीश भण्डारी, सचिवमा मधुसुधन काफ्ले, सहसचिवमा अभिमन्यू पाण्डे र काेषाध्यक्षमा वसन्त पहारीलाई सर्वसहमतिमा चयन गरिएकाे छ।
यसैगरि सदस्यहरुमा प्रदेश १ बाट विपुल पाेखरेल र नुतन ढकाल, मधेस प्रदेशबाट इश्वर दहाल, लुम्बिनीबाट असल सुवेदी, बागमतीबाट प्रशान्त आचार्य, गण्डकीबाट सुमन कार्की र सुदुरपश्चिमबाट दिनेश बाेहाेरा चयन हुनु भएकाे छ । बाँकी १ सदस्य कार्य समितिले पछि मनाेनित गर्ने बताइएकाे छ ।
यसअघि फेसबुक ग्रुपमा मात्र सिमित रहेकाे दारी ग्याङलाई संस्थागत र संरचनागत अभ्यास मार्फत संगठित गरेर राष्ट्रिय सम्मेलन गरि नयाँ कार्य समिति चयन गरिएकाे निवर्तमान अध्यक्ष प्रदीप गैरे बर्बरिकले जानकारी दिनुभयाे ।
अब देशव्यापी रुपमा साधारण सदस्यता वितरण गरि जिल्ला र प्रदेशमा समेत संगठन विस्तार गरि अघि बढ्ने नव-निर्वाचित अध्यक्ष दीपेश सिग्देलले बताउनु भयाे ।
सात वर्ष अघिदेखि फेसबुक ग्रुपकाे रुपमा युवाहरु माझ लाेकप्रिय रहेकाे दारी ग्याङले विभिन्न सामाजिक काम गर्दै आएकाे छ। देशभरका ४९ जिल्ला र देश बाहिर समेत दारी ग्याङका समूहहरु सक्रिय छन् भने दारी ग्याङकाे फेसबुक ग्रुपमा १ लाख भन्दा बढी युवाहरु जाेडिएका छन् ।
सुरुमा दारी पाल्न रुचाउने युवाहरु मात्र आवद्ध याे ग्रुपमा पछिल्लाे समय सामाजिक भावनाका साथ सामाजिक गतिविधिमा सक्रिय अरु थुप्रै युवाहरु पनि जाेडिएका छन् ।