गृहपृष्ठ विवादीत दलित विकास समितिका उपाध्यक्ष बैठा फेरि विवादमा फसे
विवादीत दलित विकास समितिका उपाध्यक्ष बैठा फेरि विवादमा फसे

जनकपुर , प्रदेश दुई सरकारद्धारा गठित दलित विकास समितिका कार्यकारी उपाध्यक्ष रामप्रवेश बैठाले एक दलित महिला माथि गाली गलौज गरि फेरि विवादमा फसेकाछन । प्रदेश २ सरकारले केही महिना महिला दलित शसक्तिकरण ऐन कार्यवन्यन गराउनका लागि बनाएको दलित विकास समिति नै समाबेशी नभएको भन्दै मुसहर ,चमार जातिका संगठनहरुले विरोध जनाई रहदा विकास समितिका उपाध्यक्ष बैठालेआफनै पार्टीकी महिला नेतृ एवमं दलित महिला अधिकारकर्मीलाई अपशब्द भाषा प्रयोग गरि गाली गरेका थिए ।
उपाध्यक्ष बैठा मधेशमा दलितहरु माथि अत्याचार हुदा समेत कहिल्यै चुई पनि नबोल्ने र दलित समुदायको नाममा आएको सुविधा लिन पछि पर्देनन् । सारा दलित समुदायहरुको अधिकारको लागि बनेको समितिको उपाध्यक्षले दलित महिलालाई नै विभेद गरेको समाचार बाहिर आएपछि हाम्रो नमुना कर्मी दिनेश गौतमले उपाध्यक्ष बैठाको प्रतिक्रिया लिन खोज्दा ब्लक गर्ने , नम्बर नउठाउने , सवालको जवाफ नै नदिने जस्ता हर्कत गर्न थालेका छन ।
उपाध्यक्ष बैठा दलित समुदायहरुको जमिन्दार भएको र उहालाई जसपाकै उच्च तहका नेताहरु संरक्षण दिईरहेको , जसपा समानुपातिक समाबेशी आवाज उठाउने भनी घोषणा पत्र जारी गरेपनि कार्यवन्यन भने कहि कतै नभएको दलित अगुवाहरुको आरोप छ ।
जनता समाजबादी पार्टीले विवादीत नेता तथा जमिन्दारलाई दलित विकास समितिको कार्यकरी उपाध्यक्ष बनाएकोमा दलित समुदाय न्याय नपाउने ,उल्टै प्रदेश सरकारकै नेताहरुबाट दमन हुने खतरा भएको एक अगुवाले बताए ।

दलित समुदायहरु प्रदेश दुईमा न्याय कहिल्यै नपाएको , नेपाली पुलिस द्धारा शम्भु सदा मुसहर , विजय राम चमारको हत्या हुदा समेत अपराधीहरुलाई संरक्षण सरकारकै नेताहरु दिएको ति अगुवाहरुको आरोप छ । प्रदेश दुईका चमार , मुसहर जातिका अगुवाहरु दलित विकास समितिका उपाध्यक्ष बैठाको राजिनामा गराएर स्वतन्त्र दलित समुदायका अधिकारकर्मी ,त्यो पनि समाबेशी तवरले गठन गर्नुपर्ने माग गर्दै आएका छन ।
उता जसपाकी नेतृ ललिता दासले दलित विकास समितिको उपाध्यक्ष भएर आफुलाई तल्लो स्तरको गाली दिनु भनेको सारा दलित समुदायको छोरी चेली उपाध्यक्ष बैठाबाट असुरक्षित रहेको बताएकी छिन । नेतृ दासले उपाध्यक्ष बैठालाई पार्टीले कारवाही नगरे कानुनी कारवाहीका लागि आफु तयारी गरिरहेको नमुना नेपाललाई जानकारी दिदै आफुलाई न्याय दिलाउनका लागि सबै न्याय प्रेमीहरुलाई अनुरोध गरेकी छिन ।