२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ संघियता पछि पनि मधेशका दलितहरु उत्पीडनमा,सारा दलित समुदायमा हिसां बढयो

संघियता पछि पनि मधेशका दलितहरु उत्पीडनमा,सारा दलित समुदायमा हिसां बढयो

रामबाबु महरा चमार
नेपालमा संघियता आएपछि सारा नेपालीहरु अब आफनो र समुदायमा केही परिवर्तन हुने छ भनी धेरै आशा राखेका थिए । तर नेपालमा जुन परिवर्तन हुनुपर्ने हो त्यो भएन जसको परिणम नेपालमै सबै भन्दा बढि उत्पीडित , अपहेलित जिवन विताईरहेका दलित समुदाय भित्रका महादलित चमार , डोम मुसहररुको अवस्था झनै खराब भएको छ ।

उनिहरु माथि नेपालमा हरेक दिन जसो जातिय विभेद , छुवाछुत , हत्या हिसां , बलत्कार जस्ता अमानवीय घटनाहरु गैर दलित एवमं सरकारबाट पनि भैरहेको छ । नेपालको मधेशमा बसोबास गर्ने दलितहरु माथि सबै भन्दा बढि हिसां भएको छ । परिवर्तनका नाममा उनिहरुलाई त्यहा रहेका नेता , कार्यकर्ता वा विभिन्न पार्टीहरुले प्रयोग मात्रै गरेका छन । उनिहरुलाई भोट बैकंको रुपमा मात्रै प्रयोग गरेका छन ।

नेपालमा दलित एवमं चमार समुदाय माथी हुने बलात्कारका केही प्रतिनिधि मुलक तत्थ्यहरु चमार कल्याण समाज नेपाल र केही पत्रपत्रिकाहरुमा प्रकासित समाचारहर तथा विभिन्न सघंसस्थाहरुलाई अधार बनाएर तयार पारिएको एक रिर्पोट यस प्रकार छन ।
१ मुलुकी अपराध २०७४ जातीय भेदभाव तथा छुवाछुतलाई सामाजिक फौजदारी अपराधका रुपमा उल्लेख गरेको छ । यद्यपि जातीय विभेदका घटनामा पनि कमी आउन सकेको छैन । कुटपिटदेखि हत्यासम्मका घटना भएका छन् । नेपाल प्रहरी कार्यलयमा २०७४ र २०७५ मा जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी उजुरी १६ प्रतिशत दर्ता भएकोमा आव २०७५ र २०७६ मा ३९ प्रतिशत र २०७६ र २०७७ मा ४५ प्रतिशत उजुरी दर्ता भएका छन् ।

२ सातवटै प्रदेशमा गरी २०७६ र २०७७ मा ४९ वटा जातीय भेदभाव तथा छुवाछुतका उजुरी तर्दा भएका छन् । सबैभन्दा बढी बागमतीमा २१ वटा, सुदुरपश्चिममा १७ वटा उजुरी दर्ता भएको नेपाल प्रहरीलाई उल्लेख गर्दै आयोगको प्रतिवेदनमा उल्लेख छ ।

३ २०७६ साउनदेखि २०७७ असारसम्मको अवधिमा दलित महिला तथा बालिका गरी ११४ वटा बलात्कारका घटना भएको प्रहरीले उल्लेख गरेको छ । दलित बालबालिका माथि ८१ वटा तथा दलित महिलामाथि ३३ वटा बलात्कारको घटनामा उजुरी दर्ता भई प्रहरीको अनुसन्धानमा रहेको उल्लेख छ ।

४ यस अवधिमा १८ जना दलित बालिका र २३ जना दलित महिला गरी ४१ जनामाथि बलात्कार प्रयास र यौन दुर्व्यवहारको घटना भएको प्रतिवेदनमा उल्लेख छ ।

नोट हाम्रो देश नेपालमा दलित तथा चमार समुदायमा कति सम्मको घटना घटिरहेको छ,हामी सबै स्पष्ट रुपले हेर्नसक्छौ। कहिले सम्म हामी यी घटना तथा समस्यामा कुल्चिराख्ने ? हामी थाकिसक्यौ अब हामी एक जुट र सहभागी हुनैपर्छ र समस्याहरुको कानुनी रुपले,राजनैतिक रुपले,सामाजिक रुपले तथा आर्थिक रुपले निकारण गर्नु नै पर्छ।

घर परिवार देखि लिएर गाउँ गाउँमा एक जुट भइ आवाज उठाउ र यस्ता विकृति विसंगतिबाट बचाउ साथै आफ्नो अधिकारको खोजिनिती गरुम अनि मात्र हाम्रो दलित तथा चमार कल्याण समाज अगाडिका बढने छ ।

हामी चमार जातिहरु कोही अम्बेडकर , कोही बहुजन , वा रविदास मिसन , वा रविदास सेवा समाज आदी संगठन बनाउनु भन्दा पनि सारा मिलेर निस्वार्थ भावनाले चमार कल्याण समाज जो सारा चमार जातिहरुको साझा संगठन छ यसमा सहयोग , समाबेश गरि अगाडी बढनुको विकल्प छैन। नेपालमा जसरी दलित समुदायको नाममा हजारौ संगठन खुलेका छन तर के गरे त अखिरमा ? किन अहिले सम्म सारा दलित समुदायहरु न्याय पाएनन् ?

किन अहिले पनि हामी विभेदमा परेका छौ ? के कारणले अझै पनि नेपाली चमारहरु पछाडि पारिए ? चमार जातिहरुका अगुवाहरुले त्यत्रो ठुलो आन्दोलन गर्दा समेत सकन चमार जातिहरुको उत्थान हुन सकेन ? आन्दोलन , दलित आन्दोलन लगाएतमा चमार जातिहरुले योगदान दिने तर फाईदा राजनितिक दलका ठेकेदारहरु कहिले सम्म लिने ?

अब यस्तो हुन नदिनका लागि चमार कल्याण समाजको जरुरी भएकोले आफनो स्पष्ट धारणाका साथ अगाडी बढेको छ । तपाई जो जहा हुनुहुन्छ सबै आउनुस् मिलेर एउटै परिवार जस्तो भएर चमार समाजलाई अगाडी बढाऊ ।

चमार समाजलाई कृपया विभिन्न ग्रुप वा समुह बनाएर नफुटाउनका लागि सबै अग्रज ज्युहरुमा विन्ती समेत गर्दछौ । यदि अहिलेको अवस्थामा तपाई हामी फुटेर काम गर्यो भने फेरि तपाईहरुको बालबालिकाहरु एक पुस्ता पछाडि धकेलिने निश्चित हुने छ र त्यसको सबै दोष त्यही मान्छे हुने छ जो चमार समाजलाई बाडने वा विभाजन गर्ने छन ।

लेखक:-चमार कल्याण समाज मलेसिया शाखाका सक्रिय सदस्य हुन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु