२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ धनुषामा फेरि चमार युवाको हत्या , चमार समाजद्धारा हत्यारा पक्राउ गर्न माग

धनुषामा फेरि चमार युवाको हत्या , चमार समाजद्धारा हत्यारा पक्राउ गर्न माग

धनुषा ,धनुषा जिल्लाको हसंपुरमा एक चमार युवकको हत्या भएकोप्रति चमार कल्याण समाज नेपालको गम्भिर ध्यानाकार्षण भएको छ । चैत २३ गते हसंपुर नगरपालिका वडा नं ७बस्ने १८ बर्षिय विजय महरा चमारको शव हत्या गरि गहुको खेतमा फालिएको अवस्थामा भेटिएको मृतकका दाजु सन्जय चमारले जानकारी दिनुभएको छ ।

सन्जय चमारकै भनाईलाई उद्धृत गर्दै चमार कल्याण समाज नेपालको केन्द्रिय समितिले हरेक बर्ष चमार जातिका युवाहरुलाई छानि छानि हत्या गर्नुले सारा चमार जातिहरुमा त्रास पैदा भएको भन्दै हत्यारालाई नेपाल प्रहरी , राज्यले यथासिघ्र पक्राउ गरि कारवाही गर्न माग गरेको छ । समाजका केन्द्रिय अध्यक्ष दिनेश चमारले विहिवार एक बयान जारी गर्दै नेपाली राज्य सत्ताकै संरक्षणमा चमार जातिका युवाहरु माथि बर्बता पुर्ण दमन भैरहेकोले अब त्यसको प्रतिकार गर्न सारा चमार जातिका युवाहरुलाई लगाउने उल्लेख गर्नुभएको छ ।

नेपालमा सबै भन्दा बढि उत्पीडनमा आफुहरु परेकोले राज्य एवमं सबै अन्तरराष्टिय निकायहरुले आफुहरुलाई न्याय दिलाउनका लागि अध्यक्ष चमारले आग्रह गर्नुभएको छ । जिल्ला प्रहरी कार्यलय धनुषाका प्रवक्ता एवमं डिएसपि जितेन्द्र कुमार बस्नेतका अनुसार मृतक विजयको बाया आखाको माथि निधारमा गोली प्रहार भएको , पछाडिको ढाडमा दुई पटक चक्कु प्रहार भएको चमार कल्याण समाज नेपाललाई जानकारी दिनुभएको छ । प्रहरीका अनुसार शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु