गृहपृष्ठ चमार जातिहरुको पहिलो राष्टिय सम्मेलन विभिन्न १० बुदे घोषणा गर्दै सम्पन्न
चमार जातिहरुको पहिलो राष्टिय सम्मेलन विभिन्न १० बुदे घोषणा गर्दै सम्पन्न

काठमाडौ । नेपाली चमार जातिहरुको पहिलो राष्टिय सम्मेलन भर्चुवल माध्यमद्धारा विभिन्न १० बुदे घोषणा गर्दै सम्पन्न भएको छ । चमार जातिहरुको साझा संगठन चमार कल्याण समाज नेपाल केन्द्रिय समितिद्धारा आयोजित पहिलो सम्मेलनमा सर्बोच्च अदालतका अधिवक्ता एवमं समाजका कानुनी सल्लाहकार शैलेन्द्र प्रसाद हरिजन अम्बेडकरले नेपालमा दलित समुदायहरु माथि अत्याधिक विभेद , जातिय हिसां , बलत्कार , राजनैतिक , समाजिक एवमं आर्थिक हिसाबले उच्च विभेदमा परेको बताउनु भएको थियो ।
अधिवक्ता अम्बेडकरले दलित समुदायहरु माथि कुनै पनि ठाऊमा विभेद भएको छ भने चमार कल्याण समाजले न्यायका लागि आवाज उठाउनुपर्नेm सुझाव दिनुभएको थियो । नेपालको तराईमा बसोबास गरिरहेका चमार , डोम , मुसहर समुदायहरु माथि सबै भन्दा बढि हिसां भएको उहाले बताउनु भयो ।
साथै अगामी निर्वाचनमा दलित समुदायहरु राजनितिक दलहरु पहुच बढाउनका लागि लाग्नुपर्ने र त्यसका लागि सबै समुदायहरु लाग्नुपर्ने सुझाव अम्बेडकरले दिनुभयो । अधिवक्ता अम्बेडकरले दलित समुदायहरुलाई कानुनी सहयताका लागि सदैव तयार आफु रहेको प्रतिबद्धता जनाउनु भयो ।
चमार कल्याण समाज नेपालले अगामी दिनमा देश भरका चमार जातिहरुको बृहत भेला गरि पायक पर्ने ठाऊमा आयोजना गर्न पदाधिकारीहरुलाई आग्रह समेत अम्बेडकरले गर्नुभयो । चमार कल्याण समाज साउदी अरेबियाका महासचिव जिवन कुमार राम चमारको संचालनमा भएको कार्यक्रममा चमार कल्याण समाज नेपालका केन्द्रिय सदस्य एवमं पिस फर दलित फाउण्डेसन नेपालका अध्यक्ष मनोज राम चमार , धनुषा जिल्लाका चमार जातिका अगुवा एवम प्रधानाध्यपक मदन कुमार महरा , चमार कल्याण समाज नेपालकी नेतृ अमिरकला चमार राम , चमार जातिबाट एमविविस अन्तिम बर्षमा अध्ययनरत डा. पंकज राम चमार , डा. रामजि राम चमार , चमार जातिका होनहार डा. रामसुफल राम चमार , डा. टाकेन्द्र चमार हरिजन , स्टाफ नर्स रिना रैदास , चमार कल्याण समाज नेपालका केन्द्रिय सदस्य ब्रम्हा हरिजन बाके जिल्ला ,भारत देशका चमार जातिका अगुवा त्रि मोहन कुमार , पुजा राव लुम्बीनी , चमार कल्याण समाज आईसिसि संयोजक अमिरी मोची अमेरिका , समाजका रौतहट जिल्ला प्रवक्ता पुनित चमार , नेकपा एमालेका केन्द्रिय सदस्य रामप्रित राम (सिरहा), सुरज कुमार चमार (कपिलबस्तु) चमार कल्याण समाज नेपालका केन्द्रिय उपाध्यक्ष ओम प्रकास राम चमार , लगाएतले चमार जातिहरुलाई एकताका बारेमा बोल्नुभएको थियो । चमार जातिहरुको प्रवास कमिटिका संयोजक , अध्यक्ष , महासचिव , सदस्य , सल्लाहकार लगाएतहरुको उच्च सहभागिता रहेको थियो ।
चमार जातिहरुको सम्मेलनले पारित गरेको बिभिन्न निर्णयहरु यस प्रकार छन ।
