२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ पत्रकार महासघं युरोप शाखाको अध्यक्षमा प्रेम परियार

पत्रकार महासघं युरोप शाखाको अध्यक्षमा प्रेम परियार

नेपाल पत्रकार महासघं युरोप शाखाको अध्यक्षमा प्रेम बहादुर परियार सर्बसम्मत रुपले चयन हुनुभएको छ । शाखाको शुक्रबार सम्पन्न निर्वाचनले सर्वसम्मत रुपमा परियारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेसनका लागि केन्द्रीय समितिबाट तोकिएका केन्द्रीय प्रतिनिधि तथा बेलायत शाखाका पूर्व अध्यक्ष चिरन शर्माका अनुसार नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा केजिन राई र महेशकुमार खाती, उपाध्यक्षहरुमा राजकुमार थापा, रविचन्द्र भट्टराई, प्रेमचन्द्र पोमु, वाइबी गुरुङ, दिल निशानी मगर, जंगम खड्का र दीपेन्द्र गजुरेल, महासचिवमा द्रोण रिजाल, सचिवहरुमा म्हेन्दो वाइवा, शेरबहादुर परियार, सरला कट्टेल, कलश खरेल र कमल पराजुली तथा कोषाध्यक्षमा इन्दिरा चाम्लिङ रहेका छन् ।

यसैगरी, सदस्यहरुमा वीरमान घर्ती, युवराज फुयाँल, दिनेश गौतम, गोमा खरेल, निराजन श्रेष्ठ, कृष्ण तिवारी, शान्ति अर्याल अधिकारी, अनिल पौडेल, भेषबहादुर ९सन्जु० काउचा, रमेशराज बाँस्तोला, ल्हाक्पा तेन्जी शेर्पा र किशोर लिम्बु रहेका छन् ।

शाखाको संरक्षकहरुमा पुष्प बरुवाल, पन्चम अधिकारी र राजकुमार दिक्पाल रहेका छन् ।

नयाँ कार्यसमिति गठनका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका सदस्य राजेश चाम्लिङ राईको संयोजकत्वमा डा। उदयदेव आचार्य सदस्यसचिव रहेको निर्वाचन समिति गठन गरिएको थियो ।

शाखामा ५९ सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु