गृहपृष्ठ नेपाल पत्रकार महासघं युरोप शाखाद्धारा प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना अदानप्रदान कार्यक्रम
नेपाल पत्रकार महासघं युरोप शाखाद्धारा प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना अदानप्रदान कार्यक्रम

नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जिमले नेपाल पत्रकार महासंघ सञ्चार अनुगमन इकाईले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले नेपालमा पत्रकारहरुको अवस्था गम्भिर देखाएको बताउनु भएको छ । नेपाल पत्रकार महासघं युरोप शाखाले आज आयोजना गरेको विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा उहाले सो कुरा बताउनुभएको हो ।उपाध्यक्ष जिएमले यसवर्ष मात्र पत्रकारहरुको पेशागत सुरक्षाको अभाव जनाउँदै ३ सयभन्दा बढी उजुरीहरु आएको बताए । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ यूकेका पूर्वअध्यक्ष चिरन शर्माले विदेशमा रहेर पत्रकारिता गरिरहेका नेपाली पत्रकारहरुको समेत सुरक्षामा चुनौती रहेको प्रति चिन्ता व्यक्त गरे । उनले विश्वभर छरिएर रहेका नेपालीहरुका समस्याहरुलाई नेपालसंग जोड्ने काम विदेशमा रहेका पत्रकारहरुले गरेको जिकीर गरे । शर्माले नेपालमा हुन गैरहेको स्थानीय निकायको निर्वाचनमा पत्रकारहरु आफ्नै उम्मेदवार हुने र पार्टीहरुको झण्डा बोकेर प्रचारप्रसारमा हिड्ने कार्यले पत्रकारिता पेशाकै मर्यादामा चुनौती थपिएको बताए ।
उनले नेपालमा गएको महाभुकम्प, कोरोना महामारी, रुस –युक्रेन युद्ध लगायतका ठूल्ठूला घट्नामा विदेशमा रहेका नेपाली पत्रकारहरुले सूचना संकलनमा खेलेको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । शाखाका अध्यक्ष प्रेम परियारको अध्यक्षतामा भएको कार्यक्रममा शाखाका कार्यवाहक अध्यक्ष केजीन राईले विदेशमा बसेर पत्रकारिता गर्दा समुदायको हितमा हुनु पर्ने बताए । उनले समाचार देख्दा निश्पक्ष र स्वतन्त्र हुनु पर्नेमा जोड दिए ।
शाखका उपाध्यक्ष दिल निसानीमगरले नेपाल पत्रकार महासंघले पत्रकारहरुका साझा समस्याहरुलाई सम्बोधन गर्दै आएको प्रति प्रसन्नता प्रकट गरे ।
जुन अंग्रेजी महिनाको मे ३ को दिन विश्वव्यापी रुपमा हरेक बर्ष मनाइन्छ ।
सन् १९९३ डिसेम्बर १, को दिन युनिस्कोको साधारण सम्मेलनको सिफारिसपछि संयुक्त राष्ट्रमहासंघको साधारणसभामा विश्व प्रेस स्वतन्त्रता दिवस विण्डहोक घोषणा पारित भयो । त्यस बेलादेखि मे तेस्रो दिन विन्डहोकको घोषणपत्रको वार्षिकोत्सवको रुपमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइन्छ र मिडिया स्वतन्त्रता दिवस भनेर पनि चिनिन्छ । महासघं युरोप शाखाका कार्यसमिति सदस्य दिनेश गौतमको संचालनमा भएको कार्यक्रमलाई समापन गर्दै शाखा अध्यक्ष परियारले संसार भरका पत्रकारहरु एक भएर आवाज बुलन्द गर्नुपर्ने बताउनुभएको थियो । कायक्रममा नेपाल पत्रकार महासघं युरोप शाखाका उपाध्यक्ष प्रेम पोमुको समेत सहभागिता रहेको थियो ।