२०७७ फागुन ८ गते शनिवार | February 20, 2021

Bharat Poudel
Bharat Poudel

गृहपृष्ठ नेपाली पत्रकारहरुसँग सदैव आफुहरु साथमा रहेको : संचार मन्त्री पार्वत गुरुङ

नेपाली पत्रकारहरुसँग सदैव आफुहरु साथमा रहेको : संचार मन्त्री पार्वत गुरुङ

नेपाली पत्रकारहरुको सवालमा नेपाल सरकार सदैव साथमा रहने सूचना ,प्रविधि तथा संचार मन्त्री पार्वत गुरुङले प्रतिबद्धता जनाउनु भएको छ । नेपाल पत्रकार महासघं युरोप शाखाको चौथो अधिवेशनलाई भर्चुवल माध्यमबाट उद्घाटन गर्दै नेपालको राजनितिक गतिरोध छिट्टै अन्त्य हुने बताउनु भएको हो।

प्रवासमा बसेर नेपाली पत्रकारहरुले आफनो मातृभुमिको माया गरेर नेपालीपन झल्काएकोमा आफु धेरै खुसि भएको र पत्रकार महासंघ युरोप शाखासँगआफु र सारा मन्त्रालय साथमा रहेको बताउनु भयो।

युरोप शाखामा रहेका पत्रकारहरुले खेलेको भुमिका अत्यन्त सराहनिय रहेको भन्दै मन्त्री गुरुङले प्रशसां गर्नु भएको थियो। महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासघंका केन्द्रिय अध्यक्ष गोविन्द आर्चाय, विशिष्ट अतिथि नेपाली राजदुतावास बेल्जीयमका राजदुत गेहेन्द्र राजभण्डारी , जर्मनीका नेपाली राजदुत रामकाजि खडका ,डेनमार्कका लागि नेपाली राजदुत यव नाथ लम्साल ,पत्रकार महासंघकी केन्द्रिय सचिव लक्ष्मि पुन , गैरआवासीय नेपाली सघंका केन्द्रिय महासचिव डा. हेमराज शर्माको सहभागिता थियो।

त्यस्तै एनआरएनए युरोप संयोजक नारायण आचार्य , नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगी मगर , विविसी नेपाली सेवाका पूर्व बरिष्ठ पत्रकार भगिरथ योगी ,प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौला ,एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरे लगायत विभिन्न देशका पत्रकार , एनआरएनए अभियान्ता , राजनितिक दलका प्रतिनिधि लगायत उच्च पदस्थहरुको सहभागिता रहेको थियो।


नेपाल पत्रकार महासंघ युरोप शाखाका कार्यबाहक महासचिव द्रोण रिजाल एवं सचिव महेश अर्चायको संयुक्त संचालनमा भएको कार्यक्रममा पत्रकार महासंघ युरोप शाखाले खेलेको महत्वपुर्ण योगदान गरेकोमा अथितिहरुले प्रशंसा गर्नुभएको थियो।

साथै कार्यक्रममा अतिथिहरुलाई स्वागत, पत्रकार महासघं युरोप शाखाकी कार्यसमिति सदस्य सरला कट्टेल गर्नुभएको थियो भने , पत्रकार महासंघ केन्द्रिय कार्यलयले खटाएको केन्द्रिय पर्यवेक्षक एवं पत्रकार महासघं बेलायतका पूर्व अध्यक्ष चिरन शर्माको विशेष उपस्थितिमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु