२०७९ चैत १३ गत सोमवार | March 27, 2023

गृहपृष्ठ गुल्मी समाज पोल्यान्डको नमूना कार्य, सियोनाको उपचारका लागि गर्यो आर्थिक सहयोग

गुल्मी समाज पोल्यान्डको नमूना कार्य, सियोनाको उपचारका लागि गर्यो आर्थिक सहयोग

स्थापनाकालदेखिनै लोककल्याणकारी कार्यलाई निरन्तरताका दिदै आइरहेको गुल्मी समाजले पुनः बिरामीको लागि सहयोगी मन फराकिलो बनाएको छ।

पोल्यान्डमा उपचारका लागि संघर्षरत सानी नानी सियोना श्रेष्ठको लागि समाजले आर्थिक सहयोग गरेको छ।समाजले नेपाली रुपैयाँ ७० हजार धनराशि बालीकाको उपचारका लागि प्रदान गरेको हो।एक कार्यक्रमका बीच समाजका अध्यक्ष प्रकाश तिवारीले बालीकाका बुबा डा.सन्दिप श्रेष्ठलाई पोलिस जोलोटी २ हजार २ सय ८० हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण कार्यक्रममा समाजका उपाध्यक्ष भिमलाल उपाध्याय,कोषाध्यक्ष बिस्णु प्रसाद भण्डारी ,सदस्य उज्ज्वल खरेल र दिनानाथ तिवारी लगायतको उपस्थिति रहेको थियो।

समाजले हस्तान्तरण गरेको रकम बुझ्दै सियोनाका बुबाले भने”यस्तो जटिल र प्रतिकुल अवस्थामा पनि मनकारी सहयोग गर्ने गुल्मी समाज प्रति कृतज्ञ छु।यो रकम मेरो छोरीको लागि आशाको केन्द्र हुनेछ।रकम उपलब्ध गराउन सहयोग गर्नु हुने पदाधिकारी एवं सस्थाका सम्पूर्ण सदस्यहरुलाई आभार व्यक्त गर्दछु”।

सस्थाका उपाध्यक्ष उपाध्यायले सानो-सानो थोपा मिलेर समुन्द्र बन्ने हुनाले सस्थाले त्यसै अभियानको अगुवाई गरेको बताए।आगामी दिनमा पनि परोपकारी कार्यलाई जारी राख्ने उपाध्यक्ष उपाध्यायको भनाइ रहेको छ।

परोपकारी कार्यमा सहयोग गर्ने व्यक्तीहरुको नामावली निम्न रहेको छ:

१,अध्यक्ष प्रकाश तिवारी मिमियाँफाट आपचौर गुल्मि २०४/-
२,उपाध्यक्ष भिमलाल उपाध्याय(बिदुर)बेल्टारी कुर्घा गुल्मी २१२/-
३,कोषाध्यक्ष बिष्णु प्रशाद भण्डारी रुपाकोट गुल्मी १०७/-
४,सागर भण्डारी गुल्मी रुपाकोट१०१/-
५,प्रकाश खरेल गुल्मी इन्द्रेगौडा१०१/-
६, जीव नारायण खरेल ग्वालीचौर बाग्लुङ १०१/
७,सुमन थपलिया चितवन १०१/-
८,बिनोद थापा मोरङ ५१/-
९,लक्ष्मण भणडारी सदस्य गुल्मी जोहाङ्ग ५०/-
१०,कल्पना अर्याल आपचौर धुमी गुल्मी १०५/-
११,कमल खरेल वामी सेरा गुल्मी ५१/-
१२,रमेश गुरुङ धल्दिप गुल्मी ५१/-
१३,सुपृम अर्याल आपचौर गुल्मी ५०/-
१४,युवराज न्यौपाने जोहाङ्ग गुल्मी ५१/-
१५,सचिव नुमनाथ न्यौपाने अर्लाङकोट गुल्मी ५१/-
१६,सुदिप श्रेष्ठ स्याङ्जा चापाकोट ५१/-
१७,सह-कोषाध्यक्ष मधुसूदन सापकोटा, अर्लााङकोट
१८,खेमराज खरेल( रामु) आपचौर गुल्मी १०१/-
१९,राम बाबू न्यौपाने गोर्खा १०५/-
२०,टिकाराम थारु रुपन्देही १०५/-
२१,सदस्य उज्ज्वल खरेल आपचौर गुल्मी ५१/-
२२,मेयर सिङ परियार स्याङ्ग गुल्मी १०१/-
२३,पोमा पौडेल पौदी अरेवा गुल्मी १००/-
२४,निशान्त सापकोटा झुर्म गुल्मी ५०/-
२५,सल्लाहकार परसुराम खरेल आँपचौर गुल्मी १०१/-
२६,दिवश जङ्ग निरौला मोरङ ५१/-
२७, किरण चौधरी चितवन ३०/-

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु