गृहपृष्ठ नेपालमा चमार जातिका कुलदेवता रविदासको ६४४ औं जन्मोत्सव १० भन्दा बढि जिल्लाहरुमा मनाईयो
नेपालमा चमार जातिका कुलदेवता रविदासको ६४४ औं जन्मोत्सव १० भन्दा बढि जिल्लाहरुमा मनाईयो

नेपाली चमार समुदायहरुका धर्मगुरु रबिदास महाराजको ६४४ औ जन्मज्यन्ति नेपालमा भब्यताका साथ शनिवार मनाईएको छ । नेपालमा बुद्धकालिन भन्दा पहिला देखि नै बसोबास गरि रहेका करिब ७ लाख भन्दा बढि चमार समुदायहरुले आफनो कुल देवताको रुपमा रबिदासको जन्मज्यन्ति मनाएका हुन ।

चमार जातिका विभिन्न समाजिक एवमं जातिय सघंसस्थाहरुले यस नेपालको यसपालि करिब १० भन्दा बढि जिल्लाहरुमा गुरु रबिदासको जन्मज्यन्ति मनाएको चमार कल्याण समाज नेपाल केन्द्रिय समितिले जनाएको छ ।

समाजका अनुसार गत बर्ष लगभग ४ जिल्लाहरुमा मनाईएको गुरु रबिदासको जन्मोत्सव यस बर्ष १० भन्दा बढि जिल्ला एवमं आठ भन्दा बढि देशमा अप्रवासीका रुपमा बसोबास गरिरहेका नेपाली चमार समुदायहरुले भर्चुवल कार्यक्रम मार्फत मनाएको समाजका साउदी शाखाका संयोजक सुरेन्द्र महरा चमारले जानकारी दिनुभयो ।

साउदीका संयोजक महराका अनुसार चमार जातिहरुको गुरु रविदास कुल देवता भएको र उहाको प्रचार प्रसारमा अत्यन्त कमि रहेकोले यस बर्ष चमार कल्याण समाज नेपाल लगाएत विभिन्न बैदेशिक शाखाहरुले जोडतोडका साथ प्रचार गरेको बताउनु भयो । उहाले नेपाल सरकार , नेपाली समाज , नेपालको राजनितिक , समाजिक , आर्थिक सबै हिसाबले आफुहरु सबै भन्दा बढि उत्पीडनमा रहे पनि कहि कसैले आफुहरुको बारेमा केही पनि सुनुवाई नगरेको बताए ।

नेपाली चमार जातिहरु जन्मजात डाक्टर , ईन्जिनियर रहे पनि आफुहरुलाई कर्मको अधारमा तल्लो जात बनाएर राज्इले हेपिरहेको , आफुहरुको पेशालाई राज्य , समाज लगाएतले संरक्षण , अधिकार नदिएको समाजका केन्द्रिय उपाध्यक्ष ओम प्रकास राम चमारले गुनासो गर्नु भयो ।

समाजका उपाध्यक्ष रामका अनुसार आफुहरुलाई नेपाली समाजले नै गाउ घरमा विभेद गर्ने , राज्यले पनि विभेद गरेको , आफना धर्म गुरु रविदासको जन्मउत्सवलाई राज्यले अपहेलित गरेकोले आफुहरुको अवाज बुलन्द गर्नका लागि सारा नेपाली मिडियालाई आग्रह गरेका छन ।

नेपाल आफुहरुको बसोबास तराई भुभागमा बाक्लो रहेको र यहाका स्थानिय सरकारहरुले आफुहरुलाई जातिय विभेद दिनहु गरिरहेको , समाजमा रहेका गैरदलितहरुले आफुहरुलाई जातकै कारण चरम विभेद गरेको भन्दै विभेदका विरुद्धमा विश्वभरमा रहेका सारा चमार जातिहरु चमार कल्याण समाजमा सहभागिताका लागि अनुरोध गरिएको समाजका केन्द्रिय अध्यक्ष दिनेश चमारले आग्रह गर्नु भएको छ ।

अध्यक्ष चमारका अनुसार नेपालमा अरु जातिका धर्म गुरुहरुलाई राज्यले सर्बजनिक विदा दिने गरेपनि आफुहरुको धर्म गुरुका बारेमा राज्इ उदासिन रहेको बताउदै सारा चमार जातिहरुको सम्मानका लागि नेपाल सरकारले गुरु रविदासको जन्म उत्सवको अवसरमा सर्बजनिक बिदा दिनुपर्ने माग गर्नु भयो ।

चमार कल्याण समाज एवम चमार जातिसगं सम्बन्धित विभिन्न संगठनहरुले नेपालको राजधानी काठमाडौमा रविदास सेवा समाज नेपाल , कपिलबस्तु जिल्लामा दलित जागरण अभियान एवमं चमार समाज , बाके जिल्लामा चमार कल्याण समाज नेपाल , बर्दियामा चमार कल्याण समाज नेपाल , पर्सा , रुपन्देहीमा चमार कल्याण समाज सम्मरीमाई गाउपालिका , नवलपरासी , रौतहट जिल्लामा चमार कल्याण समाज एवमं रविदास मिसन , सर्लाही जिल्लामा बहुजन समाज परिषद , महोत्तरीमा चमार कल्याण समाज , धनुषामा रविदास उत्थान समाज एवमं चमार कल्याण समाज , सिरहामा रविदसिया धर्म एवमं चमार समाजको अगुवाई , सप्तरीमा चमार कल्याण समाज नेपाल , सुनसरीको ईनरुवामा चमार कल्याण समाज , मोरगंमा चमार कल्याण समाज नेपाल लगाएत ठाउहरुमा रविदास ज्यन्ति मनाईएको चमार समाज केन्द्रिय समितिले जनाएको छ ।
चमार समाजका केन्द्रियसदस्य सुरेश कमार चमारका अनुसार रविदास ज्यन्ति बारा जिल्लाको सिसहानीय गाउमा पनि मनाईएको जानकारी दिनुभयो ।