२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ धराने मेयरले चमार जातिहरु माथि गर्नुभएको टिप्पणीको सर्बत्र विरोध

धराने मेयरले चमार जातिहरु माथि गर्नुभएको टिप्पणीको सर्बत्र विरोध

काठमाडौ , नेपालमा सबै भन्दा उत्पडिनमा पारिएको चमार जातिहरु माथि धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङ राईले गर्नुभएको टिप्पणीले सारा नेपाली चमार जातिहरु लगाएत ६० लाख दलित समुदायहरुको आत्मसम्मानमा गम्भीर चोट पुगेको चमार जातिहरुको साझा संगठन चमार कल्याण समाज नेपालले ठहर गरेको छ । नेपालमा करिब दश लाखको जनसंख्यामा रहेका चमार जातिहरुको अवस्था अत्यन्त नाजुक रहेको छ ।

चमार जातिहरुलाई कहिले हरुवा चरुवा त कहिले बलिघरे प्रथा , कहिले जातिय विभेदको सिकार त कहिले राज्यद्धारा नै अधिकारबाट बन्चितको समुदायहरु मध्ये एक जाति हो । केही दिन देखि जनताद्धारा निर्वाचित जनप्रतिनिधि एक जनजातीको छोरा धरानको मेयरमा चुनाव लडदा त्यहा रहेका सबै चमार जाति , उत्पीडित जातिहरुले अत्याधिक मतका साथ विजयी गराए पनि मेयर राईले उल्टै जसले त्यत्रो भरोशा गरेर जिताए उनिहरुकै आत्मसम्मानमा चोट पुगाएर अहिले ठुलो विवादमा परेका छन ।

नेपाल सरकार अन्तरगत राष्टिय दलित अयोगले प्रेस विज्ञाप्ती नै जारी गरेर यसरी देशकै एक ठुलो हिस्सामा बसोबास गर्ने चमार जातिहरुको सम्मानमा चोट पुगाउने मेयर राईलई कारवाहीका लागि नेपाल सरकारसगं अनुरोध गरेको छ । उता चमार जातिहरु मेयरले गर्नुभएको टिप्पणीले सारा दलित समुदायहरुलाई अपमानित गरेको भन्दै नेसनल दलित लार्यस फोरम का महासचिव एवमं चमार कल्याण समाज नेपालका कानुनी सल्लाहकार अधिवक्ता शैलेन्द्र हरिजन चमारले एक विज्ञप्ती जारी गर्दै मेयर राईले सविधान मिचेको भन्दैकानुनी कारवाहीका लागि माग गर्नुभएको छ ।

मेयर राईको विरोधमा देश भर रहेका दलित समुदायका विभिन्न नातिय एवमं सघंसगठनहरुले दिनहु विरोधका कार्यक्रमहरु गर्दै आएका छन । यस्तै दलित समुदायका अगुवा डा. मित्र परियार , चमार समाजका बरिष्ठ सल्लाहकार सेवल महरा चमार , केन्द्रिय सदस्य संगिता चमार लगाएतको नेतृत्वमा मेयर राईको विरोधमा काठमाडौको माईतीघरमा विरोध गर्ने कार्यक्रमलाई निरन्तरता दिनका ग्रुप नै बनाएर छलफल भैरहेको छ ।

यस्तै आफुहरुको आत्मासम्मानमा गम्भिर चोट पुगेको भन्दै चमार कल्याण समाज मलेसिया शाखा, साउदी शाखा ,लगाएतहरुले कडा रुपमा विरोध जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु