२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ हुम्लाका चन्द्रे कामीको अवस्था सर्बजनिक गर्न सिडब्लुएस मलेसिया शाखाको माग

हुम्लाका चन्द्रे कामीको अवस्था सर्बजनिक गर्न सिडब्लुएस मलेसिया शाखाको माग

मलेसिया , अन्तरजातीय विवाह गरेका हुम्लाका एक जना युवक केहि दिन देखि बेपत्ता पारिएको प्रति चमार कल्याण समाज मलेसिया शाखाको गम्भिर ध्यानकार्षण भएको जनाएको छ । समाजका महासचिव रामकिसोर मोची तथा संयोजक नन्दलाल राम चमारले एक प्रेस विज्ञप्ती जारी गर्दै अन्तरजातिय विवाह गरेकै कारणले चन्द्रे कामीलाई केटि पक्षले बेपत्ता गर्नु भनेको मानव अधिकारको उलंघन भएको उल्लेख गरेका छन ।

समाजले अहिलेको युगमा दलित भएरै हेप्नु पर्ने , जातिय विभेदको सामना गर्नु लाज्जास्पद भएको ठहर गर्दै राज्यले छिटो भन्दा छिटो चन्द्रे कामीको अवस्था सर्बजनिक गर्न माग गरेको महासचिव रामकिसोरले नमुना नेपाल डटकमसगंको टेलिफोन बार्ता मार्फत राज्यसगं माग गर्नु भएको हो ।

महासचिवका अनुसार पीडित गत २९ मंसिरमा केटी पक्षका आफन्तले कामीको घरमै पुगेर चन्द्रे र सुन्तलीलाई माइती घरमा ल्याएर कुटपिट गरी बेपत्ता बनाएको पीडित परिवारको दाबी छ ।
समाजको विज्ञप्ती जस्ताको त्यस्तै ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु