गृहपृष्ठ आईसीसी यू-१९ पुरुष विश्वकप छनोट खेलमा नेपालको दोस्रो जीत
आईसीसी यू-१९ पुरुष विश्वकप छनोट खेलमा नेपालको दोस्रो जीत

आईसीसी यू-१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालले सोमबार हङकङलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेको छ।
युएईको अजमानस्थित मलेक क्रिकेट मैदान हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो।
नेपालका लागि ओपनर आकाश त्रिपाठीले अविजित रहँदै सर्वाधिक ६४ रन बनाए। यस्तै उत्तम थापा मगरले अविजित ३९ रन बनाए।छक्का प्रहार गर्दै जिताएका आकाशले ७२ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरे। ५० बल खेलेका उत्तमले ४ चौका प्रहार गरे।
२६ रन जोड्दा नेपालले छैटौं ओभरमा पहिलो विकेट गुमाएको थियो। तर आकाशले उत्तम थापा मगरसँग दोस्रो विकेटका लागि अविजित ९८ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए। ओपनर अर्जुन कुमालले १६ रन जोडे।
हङकङका डानिएल मोर्गन मपले १ विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको हङकङ नेपाली बलरको कसिलो बलिङ सामु ४६.३ ओभरमा १२० रनमा अल आउट भएको थियो।