२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ आईएमओ साईप्रसको सहयोगमा २५ नेपालीहरु आज स्वदेश फर्किए

आईएमओ साईप्रसको सहयोगमा २५ नेपालीहरु आज स्वदेश फर्किए

सुरक्षित अप्रवासन केन्द्र सस्थाको सहयोगमा आज बुधवार २५ जना नेपालीहरु स्वदेश फर्केका छन ।

कोरोना भाइृरसको महामारीले गर्दा साईप्रसमा रहेका नेपालीहरु अत्ति नै प्रभावित भएपछि यहा रहेका विभिन्न समाजिक अगुवा एवमं सघंसस्थाहरुको आग्रह तथा प्रभावितहरुको प्रत्यक्ष सहभागितामा आईएमओ साईप्रसले निशुल्क रुपमा नेपाल फर्काएको हो ।

साईप्रसमा खास गरि नेपाली विद्यार्थीहरु कोरोना पश्चाप्त लकडाउन , साईप्रसमा कामको समास्यासगै कलेज शुल्क तिर्न नक्ने भएपछि उनिहरु स्वदेश फर्किएका हुन । आईएमओ साईप्रसकी प्रतिनिधि नताशाका अनुसार बुधवार दिउसो एक बजे साईप्रसबाट क्यु आर २६६ नम्बरको जहाजले कतार हुदै विहिवार विहान १० बजे नेपालको काठमाडौमा २५ जना नेपालीहरु अवतरण गर्ने जानकारी दिएकी छिन ।

उहाका अनुसार यस अघि पनि लगभग ६३ जना नेपालीहरुलाई निशुल्क मै नेपाल फर्काईएको र अगामी दिनहरुमा पनि नेपाली समुदायहरुलाई सहयोग जारी राख्ने प्रतिबद्धता जनाएकी छिन । यता दुखमा परेको समयमा साईप्रसको आईएमओले नेपाली विद्यार्थी एवमं पिडित नेपालीहरुलाई निशुल्क रुपमा स्वदेश फर्काएकोमा साईप्रसमा रहेका विभिन्न समाजिक सघंसस्थाहरुले विशेष धन्यबाद दिएका छन ।

बुधवार आईएमओका कर्मचारीहरु विमानस्थलमै गएर नेपालीहरुको हाथमा टिकट लगाएतका सम्पुर्ण कागजपत्र हस्तान्तरण गरेकोमा गैरअवासीय नेपाली सघं साईप्रसका प्रवक्ता दिनेश गौतमले धन्यबाद दिएका थिए ।

एनआरएनए साईप्रसका प्रवक्ता गौतमका अनुसार बुधवार स्वदेश फर्किएकाहरु मध्ये प्रायः विद्यार्थीहरु रहेको जानकारी दिएका छन । गौतमका अनुसार आफुहरु साईप्रसमा रहेका विभिन्न समाजिक सघंस्था एवमं आईएमओ साईप्रससगं गैरआवसीय नेपाली सघंले सहकार्य गरेर नेपाली समुदायहरुलाई स्वदेश फर्काउनमा सहयोग गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु