२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ युरोपियन देश साईप्रसमा फेरि एक घरेलु श्रमिक महिलाको मृत्यु

युरोपियन देश साईप्रसमा फेरि एक घरेलु श्रमिक महिलाको मृत्यु

युरोपियन देश साईप्रसमा एक नेपाली महिलाको असमायिक निधन भएको छ । सोमवार विहान आकस्मीक निधन भएकी लगभग ४० बर्षिय संगिता पाण्डेको नेपालको पहिचान खुलेको छ । गैरआवासीय नेपाली सघं साईप्रसले दिएको जानकारी अनुसार मृतक पाण्डेको नेपाल घर नुवाकोट जिल्लाको बिदुर नगरपालिका वडा न. १ पाण्डेगाऊ रहेको जनाएको छ ।

सघंका सचिव पुरन मगरका अनुसार नेपाली राजदुतावास ईजरायल , नेपाली होनरी कन्सुलेट अफ साईप्रस र गैरआवासीय नेपाली सघं साईप्रसले विहिवार पहिचान खुलेपछि मृतक पाण्डेको परिवारलाई जानकारी गराईएको बताउनु भयो ।

सचिव मगरले मृतक पाण्डेको शव साईप्रसको कानुनी प्रक्रिया पुरा गरेपछि नेपाल पठाउने बताउदै नेपाली समुदायहरुलाई सुरक्षा प्रदान गर्ने साईप्रस प्रसासनलाई विशेष धन्यबाद दिदै अगामी दिनमा सारा नेपालीहरु आ आफनो परिवारहरुसगं नियमित सम्पर्कमा रहन आग्रह गर्नु भएको छ ।

मृतक पाण्डे अवतार ह्युमान रिर्सोस प्रा.ली. काठमाडौबाट २०१५ साल नोमेम्बर २९ तारिखका दिन घरेलु कामदारको रुपमा ३०९ युरो मासिक तलबमा आएको सचिव मगरले जानकारी दिनुभयो । कोरोनाले गर्दा धेरै नेपाली समुदाय लगाएत साईप्रसकै नागरिकहरुको जागिर गुमेकोले केही समय धैर्यधारण गरि आ आफनो जिविकोपार्जन गर्नका लागि मगरले अनुरोध गरेका छन ।

आफुहरु विदेशमा कहा कुन ठाउमा बसोबास गरिरहेका छौ सबै ठेगानाहरु आ आफनो परिवार , नेपाली सघंसस्थाहरु , नेपाली कन्सुलेटमा जानकारी दिनका समेत एनआरएनए महासचिव कृपा थापाले आग्रह गर्नुभएको छ । जसले गर्दा केही अपरझट घटना भएको खण्डमा पुर्ण जानकारी लिन सहज हुने आपेक्षा लिएको महासचिव थापाको भनाई रहेको छ ।

महासचिव थापाले आ आफनो स्वाथ्यका बारेमा पनि ख्याल गर्नका लागि सबैलाई अनुरोध गर्नु भएको छ । साईप्रसमा कुनै पनि कहि कतै पनि जुनसुकै समास्या परिआएमा नअत्तिकन गैरआवासीय नेपाली सघं साईप्रस , नेपाली कन्सुलेट मा सम्पर्क गर्नहुन सबैमा अनुरोध गरिएको एनआरएनए साईप्रसका प्रमुख संरक्षक सुबास मल्लले अनुरोध गर्नुभएको छ ।

साईप्रसमा दिनहु भैरहेको विभिन्न किसिमका घटनाहरुलाई न्यनिकरण गर्नका लागि यहा रहेका सारा समाजिक ,जातिय , राजनितिक सघंसस्थाहरु एकआपसमा हातेमालो गर्दै अगाडी बढनुपर्ने एनआरएनए साईप्रसकी अध्यक्ष दिलकुमारी तिलिजापुनले बताउनु भएको छ ।

अध्यक्ष पुनले आफुहरु सारा नेपाली समुदायहरुको अवाज बुलन्द गर्नका लागि यहाका समाजिक सघंसस्थाहरुको सहयोग , सहकार्य अत्ति आवश्यक रहेको बताउदै बर्षेनी नेपाली समुदायहरुको यहा मृत्युदर बढदै जानु दुख ब्यक्त समेत गरेकी छिन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु